प्रस, रौतहट, २१ मङ्सिर/
करीब तीन महीनादेखि प्रादेशिक अस्पताल, गौर प्रमुखविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
सामाजिक विकास मन्त्रालय मधेस प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्रमुखको जिम्मेवारी सञ्जीवकुमार सिंहलाई दिएर पठाएको एक हप्ता नबित्दै डा कृष्ण साहलाई प्रादेशिक अस्पताल गौरको प्रमुखको जिम्मेवारी दिएर पठाइएकोले प्रमुख सिंहले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजमा रिट दिएकाले दुवै प्रमुख अस्पताल आउन छाडेका कारण सेवाग्राही मर्कामा परेका हुन् ।

असोज महीनादेखि नै अस्पताल प्रमुखविहीन बनेको हो । प्रादेशिक अस्पतालमा प्रमुख नहुँदा समयमा चिकित्सक नआउने, जाँचको लागि बाहिर पठाउने, रेफर गर्ने जस्ता सेवाग्राहीहरूले अनेकौं दुःख पाउँदै आएका छन् ।

अस्पतालमा जाँच गर्ने सुविधा हुँदाहुँदै पनि अस्पतालबाहिर कमिशनको लोभमा पठाउने गरेको सेवाग्राहीहरू बताउँछन् ।

अस्पतालमा उपचार राम्ररी नगर्ने, निजी क्लिनिकमा जाँच गराउनुपर्ने जस्ता अनेकौं कठिनाइ भोगिरहेको सेवाग्राहीहरूले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here