प्रस, वीरगंज, २१ मङ्सिर/
ज्ञानदा एकेडेमीले विद्यार्थीले अध्ययनमा ध्यानाकर्षण कसरी बढाउने भन्ने विषयमा बिहीवार एक दिने सेमिनार कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका सहजकर्ता एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले सम्बन्धित विषयमा विभिन्न अनुसन्धान गरिएका आलेखहरूको अध्ययनबाट प्रमाणित आधारहरूलाई विश्लेषण गर्दै कार्यपत्र प्रस्तुत गरेका थिए । पछिल्लो चरणमा सामाजिक सञ्जालको व्यापकताले विद्यार्थीमा ल्याएको विकृति र विसङ्गतिलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा उनले प्रकाश पारेका थिए ।

कार्यक्रममा ज्ञानदा एकेडेमीमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका छात्रछात्राहरू र शिक्षकशिक्षिकाहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here