ओमप्रकाश चौधरी, सेढवा, २१ मङ्सिर/
पर्साको ग्रामीण भेगका ऐतिहासिक तथा धार्मिक महŒव बोकेका इनारहरू लोप हुँदै गएका छन् । विगतमा खानेपानी तथा अन्य प्रयोजनका लागि बनाइएका इनारहरू अहिले पुरिंदै गएका छन् ।
इनारबाट प्राप्त हुने पानी सर्वसाधारणहरूले पिउने, नुहाउने, भाँडाबर्तन माझ्नेलगायतका दैनिक प्रयोजनमा प्रयोग गर्दै आएका थिए । यसका साथै चाडबाडको समयमा इनारको पूजापाठ गर्नुका साथै किसानले उत्पादन गरेको अन्नलाई सबैभन्दा पहिले इनारमा चढाउने परम्परा रहेको जीराभवानी गाउँपालिका–३ परसवाका सेवानिवृत्त शिक्षक जगदीश गौरोले बताए । इनारमा कोइलामाताको बास रहेकोले हिन्दू धार्मिक आस्था जोडिएको कारण यसको संरक्षण गर्न आवश्यक रहेको उनले बताए । तर अहिले पुराना इनार लोप हँुदै गएका शिक्षक गौरोले बताए । विगतमा गाउँका हरेक टोल र हरेक मठमन्दिरमा कम्तीमा एउटा इनार हुन्थ्यो ।
इनारलाई ढाकछोप नगरिएकोले त्यसमा फोहरमैला, धूलो परेर दूषित हुने हुँदा पिउन नमिल्ने नयाँ पुस्ताको तर्क छ । जसका कारण ऐतिहासिक इनारको संरक्षण गर्नुभन्दा मोटरजडित चापाकल जडान गर्ने चलन बढेको छ । सो चापाकलबाट पानी भने निकै खेर जान्छ ।
सामाजिक कार्यकर्ता प्रकाश थारूले इनारको पानी सुरक्षित राख्न सके पिउनयोग्य हुने बताए । पटेर्वासुगौली गापा–४ दाप सुगौलीस्थित गुदरबाबा स्थानमा रहेको इनारको पानी अहिले पनि सर्वसाधारणले खाना पकाउन र पिउनको लागि प्रयोग गर्दै आएको थारूले बताए ।
इनारप्रति हिन्दू धर्मावलम्बीको आस्था जोडेको हुँदा यसको संरक्षण गर्न आवश्यक रहेको उनले बताए । सङ्घीयता लागू भएको छ वर्षभन्दा बढी समय बितिसक्दा पनि स्थानीय सरकार र जनप्रतिनिधिहरूले इनारको संरक्ष्Fणमा कुनै चासो नदेखाएको उनले बताए ।
थारू कल्याणकारी समिति, पर्साका पूर्वउपाध्यक्ष तथा थारू भाषाका कवि मोहनदास थारूले वैवाहिक कार्यक्रम तथा अन्य शुभ कार्यका लागि इनारको पानी साइतको लागि शुभ मानिने बताए । उनले वीरगंज महानगरपालिका–३१ बेलवास्थित घरमा काठको इनारलाई आफूले अहिलेसम्म सुरक्षित राखेको बताए ।
पुख्र्याैली काठको इनारलाई २०१८ सालमा जीर्णाेद्धार गरी पक्की बनाइ प्रयोग गरिरहेको कवि दासले बताए । उनले इनारहरूमा ऐतिहासिक शिलालेखहरू पनि रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताए । इनारको संरक्षण गर्न नसके भोलिका सन्ततिलाई इनार देखाउन नसकिने उनले बताए ।