प्रस, वीरगंज, १८ मङ्सिर/
वीरगंज मैथिली साहित्य परिषद्को आयोजनामा सोमवार कवि गोष्ठी सम्पन्न भएको छ ।
कवि गोष्ठीमा वासुदेवलाल दास, सतीशचन्द्र सजल, दिनेशचन्द्र मिश्र गोपाल, अनिलकुमार कर्ण, शोभाकान्त झा, बृजमोहन झा, भगवान मिश्र, आरती झा, रामचन्द्र मिश्र, निरञ्जन झा, शिव सन्देश, प्रमोदकुमार पाण्डेय गरी ११ जना कविले मैथिली र भोजपुरी भाषामा कविता वाचन गरेका थिए ।
गोष्ठी परिषद्का अध्यक्ष महेश दासको सभापतित्वमा भएको थियो । वीरगंज मैथिली साहित्य परिषद्ले प्रत्येक महीना कवि गोष्ठीको आयोजना गर्दै आएको छ ।