नेप्से परिसूचक १२ अङ्कले घट्यो

काठमाडौं, २५ वैशाख/रासस

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । बिहीवार नेप्से परिसूचक १२ दशमलव शून्य चार अङ्कले घटेर दुई हजार ६६१ दशमलव ६४ को बिन्दुमा कायम भएको हो ।

आज ३१५ कम्पनीका तीन करोड सात लाख ९९ हजार ९१ कित्ता शेयर एक लाख तीन हजार ३१९ पटक खरीद–बिक्री हुँदा रु ११ अर्ब ६५ करोड १७ हजार ८५१ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ८२, विकास बैंक एक दशमलव ५६, होटल तथा पर्यटन शून्य दशमलव १४, लगानी शून्य दशमलव शून्य चार, लघुवित्त शून्य दशमलव १३, निर्जीवन बीमा शून्य दशमलव १७, व्यापार दुई र अन्य समूहका उपसूचक एक दशमलव ८१ प्रतिशतले घटेका छन् ।

आज सबैभन्दा बढी वित्त समूह चार दशमलव ३० प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत् शून्य दशमलव शून्य तीन, जीवन बीमा शून्य दशमलव शून्य एक, उत्पादन तथा प्रशोधन शून्य दशमलव १७ र म्युचुअल फन्ड शून्य दशमलव शून्य सात प्रतिशतले बढेका छन् ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । आज कारोबार रकमका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रु ७८ करोड ४५ लाख ९६ हजार ४१३ बराबरको कारोबार भएको छ ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्