२०८० मङ्सिर १५ गते शुक्रवारको प्रतीक दैनिक
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/2080-08-15-Friday-1024x791.jpg)
पढ्न यहाँ क्लिक गर्नुहोला
जनता सडक : गाँजा, चरेस भित्रिने मुख्य बाटो
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/janta-sadak-1-1024x521.jpg)
बलिराम शुक्ल, बिरुवागुठी, १४ मङ्सिर/ मकवानपुर र धादिङ जिल्लामा उत्पादित गाँजा, चरेस अहिले पर्सा जिल्लाको जनता सडक भएर भारत पु-याउने काम भइरहेको छ । जनता सडक भएर यसअघिदेखि गाँजा, चरेसको कारोबार हुँदै आए पनि अहिले अत्यधिक वृद्धि भएको जानकारहरू बताउँछन् । मकवानपुर र धादिङ जिल्लामा उत्पादित गाँजा, चरेस मकवानपुर जिल्लाको मनहरी, लोथर हुँदै जङ्गल बाटो […]
दलद्वारा कर्मचारी भर्नाको विरोध
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/daldwara.jpg)
प्रस, परवानीपुर, १४ मङ्सिर/ पर्साको पोखरिया नगरपालिकाले गत मङ्सिर ७ र १० गते ४२ जना करारका कर्मचारीका लागि प्रकाशित गरेको विज्ञापनको राजनीतिक दलहरूले विरोध गरेका छन् । कर्मचारी भर्नाको लागि ऐन कानूनविपरीत सूचना प्रकाशित गरेको भन्दै उनीहरूले विरोध जनाएका हुन् । विभिन्न पदमा समावेशी सिद्धान्तविपरीत र मात्र मौखिक अन्तर्वार्ताको माध्यमबाट आफ्ना नजीकका व्यक्तिहरूलाई आर्थिक लेनदेनको […]
पार्टीप्रति निष्ठावान्ले सम्मान पाउँछ –सांसद सिंह
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/partiprati.jpg)
प्रस, वीरगंज, १४ मङ्सिर/ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सङ्घीय सांसद प्रकाशमान सिंहले पार्टीका निष्ठावान् कार्यकर्ताले सम्मान पाउने बताएका छन् । वीरगंजमा बिहीवार नेका, पर्साका दुई नेता स्व अशोक जयसवाल र जङ्गबहादुर कुर्मीको १३औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभामा उनले नेकाको लागि निष्ठापूर्वक लागेका व्यक्तिहरूका लागि पार्टीले पनि मूल्याङ्कन गर्दै आएको बताए । उनले नेकालाई हाम्रो […]
बिहेको लगनमा पनि गुलजार भएन वीरगंजका होटल तथा पार्टी प्यालेस
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/biheko-lagan-2.jpg)
राधेश्याम पटेल, वीरगंज, १४ मङ्सिर/ बितेका वर्षमा मङ्सिर महीनामा गुलजार देखिने वीरगंजका होटल तथा पार्टी प्यालेसहरू यस वर्ष सुनसान देखिएका छन् । कुल क्षमताको एक तिहाइ अर्थात् ३३ प्रतिशत मात्र वीरगंजका होटल तथा पार्टी प्यालेसको अकुपेन्सी रहेको बताइएको छ । मङ्सिर महीनामा अन्य महीनाभन्दा बढी भीडभाड र बुकिङ अत्यधिक हुने गथ्र्यो तर यस वर्ष खासै […]
चुनौती र अवसर दुवै छन् –प्रप्रअ यादव
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/chunauti-r.jpg)
प्रस, रौतहट, १४ मङ्सिर/ गढीमाई नगरपालिकाको अस्तव्यस्त स्थितिलाई चुनौती र अवसरको रूपमा लिएको प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले बताएका छन् । गढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएर आएका उनले बिहीवार सञ्चारकर्मीसँगको भेटघाटमा आफूले भर्खर जिम्मेवार सम्हालेको र पालिकामा रहेका विकृति, विसङ्गतिलाई बिस्तारै न्यूनीकरण गर्दै जाने बताए । उनले दरबन्दीभन्दा बढी कर्मचारी, कार्यादेशविना विकास निर्माण […]
ट्याक्टर नियन्त्रणमा
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/tractor.jpg)
प्रस, पंचगावाँ, १४ मङ्सिर/ पटेर्वासुगौली गाउँपालिका–५ देउरियाबाट प्रहरीले भलुवाही खोलाबाट अवैध उत्खनन गरेर गिट्टी, बालुवा लोड गरेको कसूरमा एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ । भलुवाही खोलामा नदीजन्य पदार्थ उत्खनन्का लागि गापाले चालू आवमा ठेक्का लगाएको छ । तर ना.७त ६११८ नम्बरको ट्याक्टर बिहीवार बिहान इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीको टोलीले रोकी चेकजाँच गर्दा खोलाबाट नदीजन्य पदार्थको […]
चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ प्रारम्भ
![](https://eprateekdaily.com/wp-content/uploads/2021/06/logo-1-980x1024.jpg)
काठमाडौं, १४ मङ्सिर/रासस उच्च अदालतका जुम्ला, महेन्द्रनगर, धनकुटा र हेटFैंडामा बिहीवारदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतमा आज पत्रकार सम्मेलनको आयोजना गरी उक्त चार उच्च अदालतमा श्रव्यदृश्यमार्फत सुनुवाइको प्रारम्भ गरिएको हो । यो प्रविधिको माध्यमबाट मुद्दाको सुनुवाइ गर्दा समयको बचत हुने, कम खर्चिलो हुने र आम जनतामा न्यायमा पहुँच पुग्ने उद्देश्यले […]
स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन
![](https://eprateekdaily.com/wp-content/uploads/2021/06/logo-1-980x1024.jpg)
काठमाडौं, १४ मङ्सिर/रासस त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढ्नका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अङ्ग्रेजी विषयको अध्ययनका लागि मापदण्ड परिमार्जन गरेको हो […]
सस्तोमा उखु बेच्दै सर्लाहीका किसान
![](https://eprateekdaily.com/wp-content/uploads/2023/12/sastoma.jpg)
सर्लाही, १४ मङ्सिर/रासस सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमैं भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । जिल्लामा रहेका उखु मिलमध्ये हरिवन नगरपालिका–११ स्थित रहेको इन्दुशङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले […]