नवरात्रिको व्रत बस्नेहरूले पौष्टिक पदार्थको सेवन गर्नुपर्छ । जसमा सामकको चामल, कूटूको पीठो, साबुदाना आदि हुन्छ । यस सूचीमा सिंघाडाको पीठोबाट परिकार बनाएर पनि खान सकिन्छ, यसले व्रतालुहरूलाई निकै ऊर्जा दिन्छ ।
सिंघाडाको पीठोबाट गुलियो, नुनिलो व्यञ्जन बनाएर व्रतको समयमा खान सकिन्छ । गहुँको पीठोभन्दा बढी पौष्टिक तत्वले भरिपूर्ण सिंघाडाको पीठोबारे पोषणविद् लवनीत बत्राले सामाजिक सञ्जालमा जानकारी गराएकी छन्ः
सिंघाडाको पीठो सुक्खा र पानीमा फल्ने सिंघाडाबाट प्राप्त हुन्छ । यसलाई सुकाएर पिसेर पीठो तयार गरिन्छ । यो पीठोको स्वाद केही तिख्खर भए पनि गहुँको पीठोभन्दा राम्रFे हुन्छ ।
यदि तपाईंलाई छिनछिनमा भोक लाग्छ भने काब्र्सले भरिपूर्ण सिंघाडाको पीठो खानेकुरामा समावेश गर्नुपर्छ । लामो समयसम्म पेट भरिएको महसूस हुने सिंघाडाको पीठोले वजन पनि बढाउँदैन ।
सिंघाडाको पीठोमा फेरूलिक एसिड नामक एन्टिअक्सिडेन्ट हुन्छ, जसले केही क्यान्सर कोशिकाको विकासलाई सुस्त गर्छ । भिटामिन केको राम्रो स्रोत रहेको सिंघाडाको पीठोले मांसपेशी र तन्त्रिका तन्त्रलाई सही ढङ्गले काम गर्न सिघाउँछ । सोडियमलाई सन्तुलित गरेर वाटर रिटेन्शन र रक्तचापलाई नियन्त्रित गर्छ ।
सिंघाडाको पीठोले कपाललाई पनि भरपूर पोषण दिन्छ । यसमा जिंक, भिटामिन बी र इ जस्ता पोषक तत्वले कपालको स्वास्थ्यलाई सही बनाउँछ, कपाल झर्नबाट रोक्छ र अन्य समस्या भगाउँछ । सिंघाडाको पीठोमा भिटामिन बि–६ हुन्छ, यसले नराम्रFे मूडलाई राम्रो बनाउनुको साथै निद्रा नआउने समस्या पनि भगाउँछ । न्युरोट्रान्समिटर उत्पन्न गराई निद्रा र व्यवहार सही बनाउँछ । तर एकै दिनमा सिंघाडाको पीठोबाट बनेको परिकार धेरै खानुहुँदैन ।