गर्भवती भएको बेला केवल महिलाहरूको शरीरमा मात्र बदलाव हुँदैन । मुसामाथि गरिएको अध्ययन अनुसार मातृत्वको तयारीको लागि मस्तिष्क पनि रि–वायर्ड हुन्छ । चर्चित पत्रिका साइन्समा प्रकाशित निष्कर्ष अनुसार एस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै मस्तिष्कमा न्युरोन्सको एउटा छोटो भागमा सन्तान आउनुभन्दा पहिले माताको व्यवहारलाई अन गर्ने कार्य गर्छ । यस अनुकूलनको परिणामस्वरूप बच्चाले मजबुत र बढी चयनात्मक प्रतिक्रिया पाउँछ ।
आमा बन्नुभन्दा पहिले मुसा ससाना बच्चासँग बढी घुलमिल हुँदैन, जबकि आमा आफ्नो अधिकांश समय बच्चाको हेरचाहमा बिताउँछन् । अध्ययनमा फ्रान्सिस क्रिक इन्स्ट्च्यिुटका शोधकर्ताले मुसा गर्भावस्थाको दौरान मातृत्व व्यवहारमा वृद्धि देखिएको थियो र व्यवहारमा यस बदलावको लागि बच्चाको सम्पर्कमा आउनु आवश्यक हुँदैन । मस्तिष्कको एउटा क्ष्Fेत्रमा तन्त्रिका कोशिका (व्यक्त गर्ने न्युरोन्स गैलानिन)को आबादी, जसलाई हाइपोथैलेमसको औसत दर्जाको प्रिओप्टिक क्ष्Fेत्र (एमपिओए) भनिन्छ, जुन पालनपोषणसँग जोडिएको हुन्छ, एस्ट्रोजेन र प्रोजेस्टेरोनबाट प्रभावित थियो ।
क्रिकका जोनी कोलले भने– हामीलाई थाहा छ कि गर्भावस्थामा महिलाहरूको शरीरमा बदलाव आउँछ जसले बच्चालाई हुर्काउन तयारी गर्न सकियोस् । यसको एउटा उदाहरण दूध बन्नु हो, जुन जन्म दिनुभन्दा धेरै पहिले शुरू हुन्छ । हाम्रो शोधले पत्ता लगाएको छ, यस्तो तयारी मस्तिष्कमा पनि भइरहेको हुन्छ । उनले भने हाम्रो बुझाइमा यो परिवर्तन, जसलाई प्रायः बेबी ब्रेन भनिन्छ, प्राथमिकतामा बदलावको कारण बन्छ, कुमारी मुसा सम्भोगमाथि ध्यान केन्द्रित गर्छे, यसैले उसले अन्य पोथीको बच्चामाथि प्रतिक्रिया गर्न आवश्यकता हुँदैन, जबकि आमालाई मजबूत अभिभावकीय व्यवहारको आवश्यकता हुन्छ, जुन बच्चाको अस्तित्व सुनिश्चित गर्नको लागि जरूरी हुन्छ ।