कपाललाई सफा र चम्किलो बनाउन बजारमा थुप्रै श्याम्पू पाइन्छन् । तर ती सबै श्याम्पू केमिकलयुक्त हुने गर्छन्, जसले गर्दा कपाल पातलो हुने, जरा कमजोर हुने, चाया लाग्ने र झर्ने समस्या हुन्छ । तर कपालमा हामीले यस्ता हानिकारक श्याम्पूको सट्टा प्राकृतिक श्याम्पू प्रयोग गरेर पनि चम्किलो, बलियो बनाउन सक्छौं ।

कागतीः कागतीको रसमा मौजुद हुने पिएचको कम मात्रा कपालमा प्राकृतिक सन्तुलन बनाउन र खप्परको स्वास्थ्य बढाउन मदत गर्छ । यो प्रयोग गर्दा चायाको समस्या पनि रहँदैन र कपाल चम्किलो र घना हुन्छ । कागती एउटा प्राकृतिक डिग्रिजर हो, यसले कपालबाट तेल र फोहर सफा गर्ने काम गर्छ । यदि तपाईंको कपाल धेरै तैलीय छ भने एक कप तातो पानीमा एउटा कागतीको रस निचोरेर यो मिश्रलाई टाउकोमा लगाएर केही बेर मसाज गर्ने र त्यसपछि पानीले धुनुपर्छ ।

अमला र शिकाकाई– यस उपाय प्रयोग गर्नको लागि पहिले ग्याँसमा कराई राखेर त्यसमा चार गिलास पानी तताउने, बिस्तारै विस्तारै एक कप रिठाको धूलो, आधा कप अमलाको धूलो र आधा कप शिकाकाई र आधा कप फ्लैक्स सिड्स राखेर २० मिनेटसम्म ग्यासमा कम आँचमा उमाल्नुपर्छ । १५ मिनेटपछि मिश्रण निकै गाढा हुन्छ । ग्यास बन्द गरेर छान्नेमा मिश्रणलाई छान्ने । मिश्रण धेरै गाढा हुनु हुँदैन । यस मिश्रणलाई श्याम्पुसरह प्रयोग गर्नुपर्छ ।

राईको पिठोः राईको पिठोबाट कपाल धुन सकिन्छ । यसले टाउको चिलाउने, सुक्खा, चाया र चिपचिपा कपालबाट छुटकारा दिन्छ । यसमा हुने खनिज र भिटामिनले कपालको प्राकृतिक पिएच सन्तुलनलाई बिगार्दैन । यसको पिठोमा बि५ हुन्छ । ठूलो दुई चम्चा राइको पिठोलाई पानीमा मिसाएर पेस्ट बनाएर कपालमा लगाउने र २० मिनेटपछि धुनुपर्छ ।

स्याउका सिरकाः दुई तीन चम्चा स्याउको सिरका पानीमा मिसाएर यो मिश्रण भिजेको कपालमा लगाउनुपर्छ । केही समयपछि कपाल सफा गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here