उच्च रक्तचाप यस्तो अवस्था हो, जसको कुनै लक्षण देखिंदैन तर यसले हामीलाई ह्दयघातको जोखिममा पक्कै राख्न सक्छ । उच्च रक्तचापलाई बेवास्ता गर्नुहुँदैन । उच्च रक्तचाप भएका बिरामीहरूलाई ह्दयघात र स्ट्रोकको उच्च जोखिम हुन्छ । गतिहीन जीवनशैली, खराब आहार, मोटोपन, धूमपान, तनाव, पारिवारिक इतिहास र अन्य धेरै कारणले हाम्रो रक्तचापको सङ्ख्या बढाउन सक्छ । स्वस्थ आहारको सेवन र नियमित व्यायाम गर्नाले रक्तचापको सङ्ख्या नियन्त्रण गर्न मदत गर्न सक्छ । नियन्त्रण गर्ने अर्को प्राकृतिक र सुरक्षित तरीका योग अभ्यास हो ।
योग तन्दुरुस्त रहने एउटा पुरानो विधि हो, जसले हाम्रो धेरै स्वास्थ्य समस्यालाई समाधान गर्न सक्छ । योगासनमा एक निश्चित ढाँचामा सास फेर्नु समावेश हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न र तनाव कम गर्न मदत गर्छ । यसले हाम्रो मुटुको कार्यप्रणालीलाई पनि बढाउँछ । योगले हाम्रो दिमाग र शरीरमा सकारात्मक प्रभाव पार्छ । अब उच्च रक्तचाप नियन्त्रण गर्ने सजिला योग आसनहरूबारे जानौं ।
१) बाल मुद्रा वा बालासन
उच्च रक्तचापका बिरामीका लागि बाल आसन लाभदायक हुन्छ । यो आसनले हामीलाई उच्च रक्तचापमा योगदान दिने विभिन्न कारकहरूबाट राहत दिन सक्छ । यो आसनले तनाव कम गर्छ र शरीरमा रक्तसञ्चार सुधार गर्छ । यो आसन गर्दा नियन्त्रित श्वासप्रश्वासलाई बढावा मिल्छ र घाँटी तथा काँधको तनाव कम गर्छ ।
२) सुखासन वा सजिलो मुद्रा
यो एक लोकप्रिय योग आसन हो, जसले श्वासप्रश्वास नियन्त्रण गर्छ । यो आसनले हाम्रो शान्तिपूर्ण दिमागलाई ऊर्जा दिएर तनाव कम गर्छ र उच्च रक्तचापबाट राहत दिन्छ ।
शान्त मनले स्वस्थ शरीरलाई बढावा दिन्छ । यो आसनले ढाड र घाँटी तन्किंदा आराम मिल्छ । यसले हाम्रो शरीरको मुद्रामा पनि सुधार ल्याउँछ ।
३) शवासन
शवासन विश्रामको लागि हो । यो एउटा सजिलो आसन हो, जुन हामी रक्तचाप नियन्त्रण गर्न अभ्यास गर्न सक्छौं । शवासनले हाम्रो दिमागलाई शान्त बनाउ“छ, तनाव कम गर्छ, शरीरलाई आराम दिन्छ । टाउको दुखाइ, थकान र अनिद्रामा फाइदा पु-याके नियमित योगले उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ ?
४) कोब्रा पोज
कोब्रा पोज, जसलाई भुज· आसन पनि भनिन्छ, यो आसन रगत र अक्सिजनको सञ्चारमा सहयोगी हुन्छ । यो आसनले पनि तनाव कम गर्छ र मुटुको स्वास्थ्य राम्रो राख्छ ।
यो आसन गर्नाले शरीर थप लचिलो भएको महसूस गर्न सकिन्छ । दमका बिरामीहरूका लागि पनि यो आसन लाभदायक मानिन्छ ।
५) ब्रिज पोज (पुल मुद्रा)
ब्रिज पोजले पनि रक्तचाप नियन्त्रण गर्छ । यसले दिमागलाई शान्त पार्छ र तनाव कम गर्छ । यो आसन हल्का अवसादको अवस्थालाई व्यवस्थापन गर्न पनि लाभदायक छ । उच्च रक्तचापबाहेक ब्रिज पोज पेटका अ·, फोक्सो, महीनावारीको दुखाइ, थकान, टाउको दुखाइ र अनावश्यक चिन्ताको लागि राम्रो मानिन्छ ।
यदि लामो समयदेखि उच्च रक्तचापको समस्या छ भने यो अवस्थालाई बेवास्ता गर्नुहु“दैन र चिकित्सकस“ग परामर्श लिनुपर्छ । योग हाम्रो शरीर र समग्र स्वास्थ्यको लागि अत्यन्त लाभदायक छ ।
यदि उच्च रक्तचापको लागि औषधि लिइरहेको अवस्था छ भने आप्mनो दिनचर्यामा योग समावेश गर्नु अघि एकपटक चिकित्सकस“ग परामर्श गर्नु उचित मानिन्छ ।