भारतलगायत अहिले वीरगंजमा पनि धेरैलाई आइफ्लू सङ्क्रमण बढेको छ । विशेषगरी स्कूले विद्यार्थीहरूमा आँखाको सङ्क्रमण बढेको छ । भारतमा आइफ्लू सङ्क्रमण बढेपछि उपचारको नयाँ तरीका पनि खोजिंदैछ । त्यहाँका मेडिकल स्टोरमा आई ड्रपको माग बढेको छ ।

दिल्लीस्थित सर गङ्गाराम हस्पिटलमा आँखा विभागमा एचओडी प्राडा एके ग्रोवरले आइफ्लू रोग एडिनोभाइरसबाट पैmलिरहेको बताएका छन् । यस भाइरसको टाइप आरएनए हो । यस प्रकारको भाइरसबाट कुनै औषधि वा आई ड्रपले बचाउन सक्दैन । त्यस कारण विनाकारण आई ड्रप प्रयोग गर्नुहुँदैन । उनले भने, यतिबेला आँखामा सङ्क्रमण भएपछि अस्पतालमा बिरामीहरू बढेका छन् । कसैकसैले घरमैं आँखामा आई ड्रप लगाउँदैछन्, यस्तो गर्नुहुँदैन किनभने यस्ता आई ड्रपले आँखामा नोक्सान पु¥याउन सक्छ । आँखामा कुनै प्रकारको इन्फेक्शन हुने सम्भावना रहन्छ ।

डा ग्रोवरले आरएनए भाइरसबाट हुने रोग रोक्नको लागि कुनै प्रकारको औषधि काम गरिरहेको छैन किनभने आइफ्लूको सङ्क्रमण आरएनए भाइरसको कारणले हुन्छ, यसैले यसमाथि कुनै औषधिको प्रभाव पर्दैन । यद्यपि आइफ्लूको भाइरस डिएनए टाइपको छ भने रोकथामको लागि आई ड्रप वा औषधि प्रयोग गर्न सकिन्छ । तर अहिले कुनै पनि प्रकारको आई ड्रप लगाउन नहुने उनको सुझाव छ ।

एम्समा आरपी सेन्टरका प्रमुख डा जेएस तितियालले भने आइफ्लूको सङ्क्रमण एडिनोभाइरसको कारणले पैmलिरहेको छ । अस्पतालमा आउने सयमध्ये ८० जना सङ्क्रमितमा एडिनोभाइरस भेटिएको छ । बचावको लागि कुनै औषधि वा घरेलु उपचारमाथि निर्भर नहुन उनले सुझाव दिएका छन् । आँखामा जलन हुने, रातो हुने भएपछि आफैंले उपचार गर्नुहुँदैन । चिकित्सकको सल्लाह लिने र अस्पतालमा उपचारको लागि जानुपर्छ ।

मारेंगो एशिया हस्पिटलमा नेत्रविज्ञान विभागका डा निखिल सेठले आइफ्लूबाट बचावको लागि केही सुझाव दिएका छन् । आइफ्लूबाट बच्न हैन्ड हाइजिन (नियमितरूपले हात धुने) गर्नुपर्छ । आँखालाई छुनुहुँदैन, घरको ढोकाको हैन्डल, लाइट स्विच र इलेक्ट्रोनिक्स ग्याजेट नियमितरूपले सरसफाइ गर्नुपर्छ । कन्टेन्ट लेन्स सफा राख्ने, सन्तुलित आहार र नियमित व्यायाम गर्न सल्लाह दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here