घरमा दिउँसोको खाना खाएपछि धेरैलाई निद्रा लाग्छ । तर यदि रेस्टुरेन्टमा खाना खाएपछि निद्रा लाग्यो भने के गर्ने ? यसै कुरालाई ध्यानमा राखेर एउटा रेस्टुराले अनौठो सुविधा दिएको छ । यस रेस्टुरामा खाना खाएपछि ग्रँहक आरामले सुत्न पाउँछन् ।

यो रेस्टुरा जोर्डनको राजधानी अम्मानमा छ । अरब न्युज अनुसार खाना खाएपछि सुत्न पाउने सुविधा हरेक डिशमा दिइएको छैन, अपितु त्यस देशको एउटा खास डिश खाएपछि मात्र तपाईं रेस्टुरामा आरामले निदाउन सक्नुहुन्छ । यसको लागि रेस्टुराले ओछ्यान पनि लगाएको छ । यो डिशको नाम मनसफ हो । यसलाई जोर्डनको राष्ट्रिय खाना मानिन्छ । यो हेभी खाना हो, यसमा थुप्रै घ्यूको प्रयोग हुन्छ र मासु पनि मिसाइन्छ । यसैले यो खाना खाएपछि ग्राहकलाई निद्रा लाग्छ र केही समयको लागि उनीहरू रेस्टुरामा सुत्न सक्छन् ।

अम्मानको मुआब रेस्टुरामा पाइने यो सुविधाबाट मुसाब मुबेदीन भन्छन्– रेस्टुराभित्र ओछ्यान लगाउने आइडिया ख्यालठठ्ठामा जुर्यो । केही ग्राहकले मनसफ खाएपछि निद्रा लाग्ने गरेको र रेस्टुरामा कतै सुत्ने व्यवस्था भएको भए झनै राम्रो हुने बताएपछि रेस्टुरा धनीले ग्राहकको यो माग पूरा गरेका हुन् । रेस्टुराभित्र एउटा सेक्शन बनाइएको छ, जहाँ ओछ्यान लगाइएको छ र ग्राहक मनसफ खाएपछि आरामले निदाउन सक्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here