• कुमार रुपाखेती

अहिले मुलुकभरि नै काठमाडौंका मेयर बालेन र धराने मेयर हर्कको चर्चा परिचर्चा भइरहेको देखिन्छ । यी दुईको चर्चाको अगाडि पुराना रैथाने राष्ट्रिय दल र तिनका नेताहरूको चर्चा फिक्का देखिन थालेको छ । राम्रो काम गर्ने बालेन र हर्क भनी खराब काम गर्ने गराउनेमा मात्र देउवा, ओली, प्रचण्डहरूको नाम समावेश हुन थालेको छ ।

स्वतन्त्र यी दुई मेयरको चर्चा मुलुकबाहिरसमेत हुनु कम घतलाग्दो कुरा होइन । दल र नेताको खोल नओढेर, कसैको आशीर्वादविना नै यी दुई स्वतन्त्र महारथिले एकपछि अर्को विकासको सिंढी चढ्दै गरेको पाइन्छ । त्यसो त वीरगंज महानगरका मेयर पनि प्राथमिक/अप्राथमिक योजनाका साथ अघि बढ्न चाहेको देखिन्छ तर आसेपासेहरूको लहरो र पहरोमा अल्झिएर चारोखाना चित्त भएको पनि देखिन्छ । त्यो माईराम पोखरीको कुरा होस् कि अरूको, हात पार्न ज्यान फालेर लागेका छन्, डोजर चलेको चल्यै छ, परिणाम भने शून्य ।

वीरगंज सफा छ भन्नेबित्तिकै हाम्रF मेयर राजेशमान छाती फुलाउँदा रहेछन् । हो, वीरगंज रक्सौलभन्दा धेरै सफा त छ तर हेटौंडा, पोखरा, धरान, विराटनगर र काठमाडौजत्तिको सफा भइसकेको छैन । तर हाम्रा मेयर राजेशमानले एउटा धेरै राम्रFे काम गरे भानुचोकमा भानुको अर्धकद शालिक राखिदिए । यस अघि भानुचोक वीरगंजमा भानुको कालो रड्ढो शालिक थियो र उनले सेतो शालिक राखिदिएकोमा धेरैधेरै धन्यवाद छ । अब लागौं बालेन र हर्कतिर । रास्वपाका रवि लामिछानेसमेत अचेल बालेन र हर्कका अगाडि कमजोर देखिन थालेका छन् ।

लामिछानेसमेत संसदीय भासमा परेर आफ्नो लोकप्रियता घटाउन थालेको देखिन्छ । स्वविवेकले, स्वतन्त्रतापूर्वक, कसैको दबाबमा नपरेर जनहितको काम गर्ने हो भने जोसुकै बालेन र हर्क बन्न सक्छ भन्ने उदाहरण बनेका छन् यी दुई स्वतन्त्र मेयरहरू । तर दलहरू यिनको साहसको सराहना गर्न कन्नि काट्छन् ।

अचेल राष्ट्रिय पत्रपत्रिकाहरूमा समेत बालेन र हर्कका विकासका अनौठा–अनौठा कारखाना पढ्न पाइन्छ । नेपालमा सयकडौं पालिका र मेयर छन् । बालेन र हर्कबाहेक अधिकांशले मेयर पदलाई कमाइखाने भाँडो बनाएको स्पष्ट देखिन्छ । सात प्रदेशका मुख्यमन्त्रीहरूको नाम हामीलाई थाहा छैन तर काठमाडौं र धरानमा मेयरको नाम कण्ठै छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र उपप्रधानमन्त्रीहरूको नाम समेत आम जनताले बिर्सिन थालेको छ । विकास चाहने नगरप्रमुखहरूका लागि बालेन र हर्क एउटा खम्बा साबित भएका छन् तर कतिपय प्रमुखहरू यी दुईको नाम सुनेर आँखा–नाकसमेत खुम्च्याउँछन् । एउटा प्रमुखले त बल्लबल्ल पाएको नगरप्रमुखको पद त कमाउनलाई हो, बालेन र हर्कजस्तो– ‘मेरी आमा सार्है नै बाठी छन्, चामलसँग पीठो पो साटिछन्’ गरिंदैन भने ।

शालीन व्यवहार र शान्त बोलीचाली बालेन र हर्कको विशेषता हो । वीरगंजमा एकताका माधवलाल श्रेष्ठ मेयर थिए, मुखै छुच्चो, जथाभावी मुख छाड्ने, आफैंलाई जान्ने–सुन्ने भन्ठान्ने । बालेन र हर्कबाट मेयरहरूले मात्र होइन, हामी तपाईं सबैले शिक्षा लिन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here