• कुमार रुपाखेती

एकताका फूटबल भनेपछि वीरगंजेलीहरू हुरुक्क हुन्थे । वीरगंज महानगरमा स्तरीय फूटबल प्रतियोगिता हुन छाडेको धेरै भयो । त्यसो त नेपालमैं अचेल खेलकूदमा रस छैन, भविष्य छैन भन्दै खेलाडीहरू पन्छिन थालेको देखिन्छ । सरकारसमेतले खेलकूदलाई प्राथमिकतामा राखेको पाइँदैन । तीनै तहका सरकारहरू खेलकूदप्रति उदासीन देखिन्छन् । खेलकूदमा राजनीति हावी हुन थालेपछि यो क्षेत्र ओझेलमा पर्दै गएको हो । गणेश थापाले एन्फा (अखिल नेपाल फूटबल सङ्घ) विवादमा परेर छाडेपछि अहिलेसम्म नै एन्फा विवादमुक्त हुन सकेको छैन । फूटबलको विकासको केन्द्र मानिने एन्फा कहिले काङ्ग्रेस, कहिले कम्युनिस्ट कार्यकर्ताको भर्तीकेन्द्र साबित हुँदै गएको छ । राष्ट्रिय स्तरमा खेलेर देश–विदेशमा नाम कमाएका नामुद खेलाडीको सट्टा अहिले एन्फाको केन्द्रीय तहमा जिल्लामा समेत फूटबल नखेलेका, फूटबल हान्नसमेत नजान्नेहरूको बोलबाला छ । वर्तमान एन्फाका केन्द्रीय प्रवक्ता किरण चेमजोङ जिल्लास्तरीय खेलाडीसमेत होइनन् तर उनी बाइज्जत एन्फाको प्रवक्ता पदमा विराजमान छन् । पुराना ख्यातिप्राप्त खेलाडीमध्ये विराट शाह मात्र अहिले एन्फाको उपाध्यक्ष छन्, उनलाई हटाउन पनि चलखेल भइरहन्छ । निजी स्कूल चलाउने फूटबलको कखरा नजान्ने काङ्ग्रेसी कार्यकर्ता गीता राणा समेतले गणेश थापाजस्ता दिग्गजलाई कुनै बखत राजनीतिको नाममा हायलकायल पारेकै हो । अहिले राजधानीमा हुने क्लब वर्गीकरणको लिग फूटबल प्रतियोगितामा समेत ह्रास आएको र दर्शक घटेका छन् । गणेश थापाको पालामा प्रथम हुनेलाई करोडसम्म पुरस्कार, राम्रो खेलाडीलाई इनाममा घरसमेत दिइन्थ्यो । अहिले यो पुरस्कार घटाएर ४० लाख, झन् घटाएर २५ लाखमा झारिएको छ । स्मरणीय छ एन्फा र फूटबल विकासका खातिर फिफा र एएफपी, खाडी मुलुक र सरकारबाट मनग्गै रकम सहयोग र चन्दा प्राप्त हुन्छ ।

कुनै बखतका चर्चित राष्ट्रिय फूटबल खेलाडीहरूको अवस्था निम्न स्तरको र दयनीय रहेको हाम्रFे अनुसन्धानबाट देखिएको छ । केही चर्चित फूटबल खेलाडीहरू देश र विदेशमा यस्तो नाजुक हालतमा देखिन्छन् ।

१) वाइबी घलेः हालै पारालाइसिसले थलिएका, आर्थिक अभावले ग्रसित यिनी महारानी एलिजाबेथबाट भिक्टोरिया क्रस पाउने गजे घलेका छोरा हुन् ।

२) पुष्प केसीः क्यानडामा बेरोजगार छन् । क्यानडामा पत्नीको रोजगारले उनको कमाइ खाँदै छन् ।

३) जीवन लामाः जापानमा कारखाना मजदूर

४) पुष्प प्रधानः अमेरिकामा कोल्ड स्टोर खोलेर जीविकोपार्जन गर्दै ।

५) देवनारायण चौधरीः इङ्गल्यान्डमा सानोतिनो मजदूरी गर्दै

६) राजेश थापाः गल्फ कन्ट्रीमा पसिना चुहाउँदै

७) दीपक अमात्यः अमेरिकामा स्टोरमा काम गर्दै

८) मानबहादुर मल्लः क्यानडामा तल्लो स्तरमा जागिरे ।

९) उमेश प्रधानः अमेरिकामा केटाकेटीलाई फूटबल सिकाउने, अर्को सानोतिनो जागीर

१०) धीरेन्द्र प्रधानः नेपालमैं यताउति गरी पुरानो नाम भजाएर बस्न बाध्य

११) मणि शाहः काम नपाई फ्रस्टेशनमा केही वर्ष अघि मृत्यु ।

१२) राजु शाक्यः काठमाडौंमा फूटसल, जिमखाना र स्वीमिङपुलको मालिक । 

१३) गणेश थापा– गोकर्णमा फूटसल, स्वीमिङ पुल, आर्थिक उन्नति ।

त्यस्तै कर्मा छिरिङ काङ्ग्रेसी नेता प्रकाशमान सिंहको अगुवापछुवा भई हिंड्ने भएका छन् । एन्फा अध्यक्ष पङ्कज नेम्वाङसमेत नेता रिझाउन सक्रिय छन् । त्यस्तै राष्ट्रिय खेलाडी इन्दु रसाइली अरब गएकी र टिक्न नसकेपछि नेपाल फिर्ता । अन्य थुप्रै ज्ञात–अज्ञात राष्ट्रिय फूटबलरहरू कोही देशमैं र कोही विदेशमा अज्ञात जिन्दगी बिताउँदै छन् । त्यस्तै वीरगंमा ऋतु शाक्यसमेत अझैं फूटबलमा सक्रिय छन् । वीरगंजकै अशोक प्रधान यही जेठ १८ गते वीरगंज महानगरबाट अवकाश पाए भने नेपालकै चर्चित स्ट्राइकर अनिल रूपाखेती फूटबल खेलमा लागेको पुरानो घाउ–चोटका कारण हिंड्न नसक्ने, हिंड्दा अप्ठेरो गरेर हिंड्नुपर्ने अवस्थामा रहेका छन् । भनिन्छ एन्फाले विगतमा सौराहा, चितवनको मिटिङमा रूपाखेतीलाई औषधि उपचारबापत रु ११ लाख पास गरेको तर निजलाई पचास हजार मात्र अहिलेसम्म उपलब्ध गराएको आश्चर्यजनक घटनामा समेत एन्फामा भएको पाइएको छ । त्यस्तै पारस चौधरीले बल्लबल्ल विराटनगरमा महिला फूटबलको कोचको पदवी पाएका छन् । अनिल रूपाखेती जर्मनमा फूटबलको छ महीने डिप्लोमा कोर्स गर्ने नारायणी अञ्चलका एकमात्र खेलाडी हुन् ।

आफ्नो खेलाडीहरूको सोधखोज न एन्फा न सरकारले नै गर्छ । वीरगंज कुम्हालटोल–५ को नारायणी स्पोटर््स क्लबको उद्घाटन समारोहका लागि एन्फा नक्सालले चार थान फूटबल पठाएको छ । कुम्हालटोलस्थित नारायणी स्पोटर््स क्लबको पूर्वमुख्यमन्त्री लालबाबू गद्दीको पालामा रु ५० लाखमा निर्माण भएको हो । जग्गादाता साहेबज्यू रवि विक्रम शाह हुन् । समय मिल्न गएमा यही असार २ गते क्लबको उद्घाटन हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here