कुनै रक्सी आफ्नो विशेषताको कारण निकै चर्चित हुन्छ। रम, ह्वीस्की, भोडका र वाइन आदि रक्सीका प्रकार हुन्। आजसम्म विभिन्न किसिमको रक्सीबारे हामीले सुनेका छौं। तर के तपाईंले कहिल्यै सर्पबाट बनाइएको रक्सीको स्वाद चाख्नुभएको छ ? यो रक्सी बनाउन चामल वा अन्य अन्नको तयार रक्सीमा जीवित वा मरेको सर्प राखिन्छ। यस रक्सीको प्रयोग चिकित्सामा पनि गरिन्छ।

स्नेक वाइन चीनमा तयार गरिन्छ। यो रक्सीलाई चिनियाँ भाषामा पिनयिन र भियतनामी भाषामा खमेर भनिन्छ। यसलाई पहिलोपटक पश्चिमी झोउ वंशको दौरान तयार गरिएको थियो। त्यसपछि यो रक्सी निकै प्रचलित भयो। यस रक्सीको प्रयोग विशेषगरी चिकित्सकीय काममा गरिन्छ। चीनको अलावा यो रक्सी दक्षिण पूर्व एशिया, उत्तर कोरिया, लाओस, थाइल्यान्ड, भियतनाम, ओकिनावा (जापान) र कम्बोडियामा पनि बनाइने गरिन्छ ।

भनिन्छ यस रक्सीले कुष्ठरोग, अत्यधिक पसिना आउने, कपाल झर्ने, शुष्क छालालगायत थुप्रै रोगको उपचार गरिन्छ। पारम्परिक चिकित्सामा यसलाई टनिकको रूपमा प्रयोग गरिन्छ। चीन, जापान, कम्बोडिया, कोरिया, लाओस, ताइवान, भियतनाम र थाइल्यान्डमा यो रक्सी सडक किनारको स्टलमा देख्न सकिन्छ।

जीवित वा मरेको सर्पलाई एउटा बोतलमा राखेर त्यसमा चामल, गहुँ वा अन्नबाट तयार गरिएको रक्सी राखेर कुहिनको लागि महीनौं छाडिन्छ। साथै यसमा फर्मलडिहाइड पनि मिसाइन्छ। भियतनाममा सर्पलाई गर्मी र पुरुषत्वको प्रतीक मानिन्छ। त्यसकारण त्यहाँ सर्पबाट बनाएको रक्सी निकै लोकप्रिय हुन्छ । यसलाई शक्तिशाली कामोत्तेजकको रूपमा पनि प्रयोग गरिन्छ ।

केही अध्ययन अनुसार स्नेक वाइनमा एनालजेसिक अर्थात् दुःखाइ निवारक र सुन्निएको कम गर्ने गुण हुन्छ। यस रक्सीको सेवन सुरक्षित मानिएको छ। चामलको रक्सीमा इनेनल प्रयोग हुन्छ, जसले सर्पको विषलाई नष्ट गर्छ। यो रक्सीमा विषालु सर्पको प्रयोग गरिंदैन तर रक्सीमा चेतावनी दिइएको हुन्छ – यसलाई पिउनु खतरनाक हुन सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here