गर्मी मौसममा मोबाइल पड्किएको थुप्रै घटना हुने गर्छ । बढी गर्मी भएपछि यसको असर मोबाइलमाथि पर्छ । गर्मीमा यदि मोबाइल तातो हुने समस्या छ भने ध्यान राख्नुपर्छ ।

घाममा नराखौं : जसरी हामी गर्मीबाट बच्न छाया खोज्छौं त्यसैगरी फोनलाई पनि गर्मीबाट बचाउनुपर्छ । मोबाइललाई कहिल्यै घाममा राख्नुहुँदैन किनभने सूर्यको प्रकाशले यसलाई झनै तातो बनाउन सक्छ । घरमा पनि फोनलाई शीतल ठाउँमा राख्ने अथवा चलाउने गर्नुपर्छ ।

मोबाइल कभरः मोबाइल कभरले हाम्रFे मोबाइललाई सुरक्षित राख्छ । जाडोमा मोबाइल कभर उपयोगी भए पनि गर्मीमा भने मोबाइल कभरको प्रयोग सतर्कतापूर्वक गर्नुपर्छ । घर वा कार्यालयमा मोबाइल प्रयोग गर्दा यसलाई निकाल्नुपर्छ । गर्मी र त्यसमाथि मोबाइल कभरले मोबाइललाई झनै तातो बनाउन सक्छ ।

ब्राइटनेशः मोबाइलमा अटो ब्राइटनेश फिचर हुन्छ । घाममा निस्कँदा हामीले मोबाइलको ब्राइटनेश बढाएर राख्छौं । बढी ब्राइटनेशले मोबाइल मात्र होइन, आँखामा पनि असर पार्न सक्छ । तसर्थ ब्राइटनेश कम राखेर प्रयोग गर्दा यसले ब्याट्रीको उपयोग पनि कम हुन्छ र मोबाइल डिभाइस पनि धेरै तात्न पाउँदैन ।

लगातार फोन चलाउनुहुँदैनः गर्मीमा लगातार धेरै समयसम्म फोन चलाउँदा त्यो तात्ने र पड्किन सक्छ । तसर्थ मोबाइललाई आराम दिएर चलाउनुपर्छ र केही समयको लागि एयरप्लेन मोडमा राख्नुपर्छ ।

फास्ट चार्जिङ स्लो राख्नेः आजभोलि स्मार्टफोनमा फास्ट चार्जिड्ढो विकल्प छ । थुप्रै फोन १० मिनेटमैं ५० प्रतिशत चार्ज हुन्छ । फास्ट चार्जिङलाई पनि कोहीकोही राम्रFे मान्दैनन् । फास्ट चार्जिङबाट फोन तातो हुन्छ । सुपर–फास्ट चार्जिङ, अल्ट्रा फास्ट चार्जिङबाट पनि फोन तातो हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here