दुनियाँभरि अल निनोको असरबाट तापमानमा वृद्धि भएको छ । युरोपेली सङ्घको कोपरनिकस क्लाइमेट चेन्ज सर्भिस (सिसिसिएस)का अनुसार प्रशान्त महासागरमा तीन वर्षसम्म ला  निनाको प्रभावपछि अल निनो फर्किएको सङ्केत भेटिएको छ ।

क्लाइमेट मोडेलको माध्यमबाट मौसम वैज्ञानिकले अनुमान लगाएका छन्, ला निनाको कारण वैश्विक तापमानमा दर्ज गरिएको गिरावट अल निनोको कारण तीव्र हुन सक्छ । भनिन्छ सन् २०२३ र २०२४ मा दुनियाँभरिमा न्यूनतम तापमानको रेकर्ड टुट्न सक्छ । वैश्विक तापमानमा १.२ डिग्री सेल्सियसम्म बढोत्तरी देखिसकिएको छ । अनुमान छ कि अल निनोको प्रभावबाट वैश्विक तापमानमा १.५ डिग्री सेल्सियससम्म बढोत्तरी सम्भव छ ।

भारतीय मौसम विज्ञानको अनुमान छ कि भारतमा मनसुनको दौरान अल निनोको सम्भावना ७० प्रतिशतसम्म छ । जून–जुलाई र अगस्तमा यसको प्रभाव बढी देखिन सक्छ । कृषि मन्त्रालय र विभाग अनुसार सन् २००१ देखि २०२० को बीच भारतमा नौ वर्षसम्म अल निनोको प्रभाव देखिएको थियो । यसमध्ये चार वर्ष सन् २००३, २००५, २००९–१० र २०१५–१६ मा भारतले सुक्खाको दंश पनि झेल्यो । तसर्थ यो वर्ष चिन्ताको विषय हुन सक्ने बताइएको छ ।

युनिभर्सिटी अफ मेरिल्यान्डको अर्थ सिस्टमको मौसम वैज्ञानिक प्राध्यापक रघु मुर्तुगुड्डेको अनुमान छ भारतमा अल निनोको प्रभाव तीव्र हुन्छ र मनसुनमा हुने वर्षामा १५ प्रतिशतसम्म गिरावट सम्भव छ । यसै प्रकार दक्षिण अफ्रिका, इन्डोनेशिया, अस्टे«लिया र प्रशान्त द्वीपहरू भएको देशमा गर्मीबाट अवस्था बिग्रिन सक्छ । संसारका थुप्रै ठूला देशमा सुक्खा र वर्षाको अभावको कारण स्थिति बिग्रिन सक्छ । सिसिसिएसका निर्देशक कार्लो बुओनटेम्पोको भनाइ छ, अल निनोको सीधा सम्बन्ध वैश्विक तापमानमा रेकर्ड तोड्ने गर्मीसँग हुन सक्छ । सन् २०२३ र २०२४ मा यस्तो स्थिति बन्न सक्छ यो अहिले स्पष्ट छैन । यद्यपि क्वाइमेट मोडेलबाट अल निनोको प्रभाव गर्मीको अन्त्यमा तीव्र भएको देखिएको छ र यस वर्षको अन्त्यसम्म यसको असर दुनियाँको तापमानमा देखिन सक्छ ।

इम्पिरियल कलेज लन्दनका ग्रैन्थम इन्स्ट्च्यिुटका मौसम वैज्ञानिक फ्रेडरिक ओट्टोको भनाइ छ अल निनोको कारण तापमानमा तीव्रताले जलवायु परिवर्तनको दुष्प्रभावको दायरा बढ्छ । दुनियाँका ती देश जुन पहिलेदेखि हिट वेभ, सुक्खा र जङ्गलमा आगलागीको घटना झेलिरहेकाहरूलाई यो नयाँ चुनौती हुनेछ । अल निनोको प्रभावबाट सन् २०१६ मा परेको गर्मीको रेकर्ड सन् २०२३ ले तोड्ने छ ।

सन् २०१६ मा अल निनोको तीव्र प्रभावको कारण वैश्विक तापमानमा रेकर्ड तोडिएको थियो । अल निनोको प्रभाव नरहे पनि जलवायु परिवर्तनको कारण दुनियाँभरको तापमानमा पाराको ताल तीव्र भएको देखिन्छ । ग्रीन हाउस ग्याँस उत्सर्जनमा लगातार बढोत्तरीका कारण वैश्विक स्तरमा गर्मीको स्तर बढिरहेको छ । यही कारण हो कि गत आठ वर्षमा सबैभन्दा बढी गर्मी रेकर्ड गरिएको छ जुन भविष्यको लागि खतराको घण्टीको सङ्केत हो ।

दुनियाँमा ग्लेशियर तीव्र गतिले पग्लिरहेको छ । यसमा अल निनोका कारण गति बढ्न सक्छ । यसबाट तापमानमा निकै बढोत्तरी सम्भव छ । वैज्ञानिकहरू अल निनोको असर बुझ्न बूई नामक वैज्ञानिक वस्तु प्रयोग गर्छन् । यो महासागरको पानीबीच तैरिरहन्छ । यो महासागरको साथ हावाको तापमान, हावाको गति र आद्रताको गणना गर्छ । बूईद्वारा एकत्र गरिएको आँकडाको आधारमा नै मौजूदा समयमा अल निनो फर्किने अनुमान लगाइँदै छ ।

गर्मी बढ्ने चार प्रमुख सङ्केतः १) अल निनोको असरबाट भूमध्य रेखा र पश्चिमतर्फ बग्ने हावा सुस्त हुन्छ । २) गर्म पानी पूर्वतर्फ बढ्छ जसबाट महासागरको सतहको तापमानमा तीव्रता आउँछ । ३) तापमानमा तीव्रताको साथ वर्षाको अभावबाट न्यूनतम तापमानमा पनि तीव्र गतिले बढोत्तरी हुन्छ । ४) अल निनोको प्रभावको कारण हावाको गति प्रभावित हुन्छ जसबाट गर्मी झनै बढ्छ ।

अल निनोको दुष्प्रभावः १) अल निनोको प्रभावबाट भारत र अस्टे«लियामा सुक्खाजस्तो स्थितिको जोखिम बढी हुन्छ । २) समुद्रको सतहमा गर्मी बढ्नाले जलीय जीवको जीवनलाई सबैभन्दा ठूलो क्षति पुग्छ । ३) अल निनोको प्रभावको कारण फसलको पैदावारमा पनि गिरावट दर्ज गरिएको छ । ४) तापमानमा तीव्रताको साथ वर्षाको सङ्कट हुनाले स्थिति झनै बिग्रिन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here