अमेरिकाको अटलान्टा जेलमा एउटा आश्चर्यलाग्दो घटना प्रकाशमा आएको छ । यहाँको एउटा जेलमा कैदीको मृत्यु कीरा र उडुसको टोकाइबाट भएको छ । मृतक कैदीको परिवारले दाबी गरेको छ कि जेलको कालकोठरीमा कीरा र उडुसले मानिसलाई जिउँदै खायो र उसको मृत्यु भयो ।

बिबिसी रिपोर्ट अनुसार लाशोन थम्प्सनलाई बलात्कारको मामिलामा दोषी पाएपछि सजाय भएको थियो । उनलाई केही दिनसम्म सामान्य जेलमा राखियो तर न्यायाधीशले व्यक्तिलाई मानसिकरूपमा रोगी घोषित गरेपछि उनलाई फुलटन काउन्टी जेलको साइकियाट्रिक शाखामा शिफ्ट गरियो ।

परिवारका साथसाथै मृतकका वकिल माइकल डि हार्परको दाबी छ–कैदीको हेरचाह सही ढङ्गले भएन, उनीसँग जनावरभन्दा पनि नराम्रो व्यवहार भयो । जुन ब्यारेकमा लाशोनलाई राखिएको थियो, त्यहाँ कुनै पनि जनावर राख्न सकिंदैन । वकिलले जेल प्रशासनलाई दोषी ठहर्याउँदै कानूनी कारबाईको माग गरेको छ । यस दौरान थम्प्सनका परिवारका वकिलले उनको शवको तस्वीर जारी गरेका छन् । तस्वीरमा उनको शवमा लाखौं कीरा र उडुस देख्न सकिन्छ ।

वकिलले घटनाबारे मिडियालाई भनेका छन्– थम्प्सनको एक प्रकारले हत्या भएको छ, उनलाई निकै यातना दिएर मारिएको छ, यस प्रकारको मृत्युको हकदार ऊ थिएन । उनलाई जुन कालकोठरीमा राखिएको थियो त्यहाँ कुनै रोगी जनावरलाई पनि राख्न सकिंदैन ।

यसबारे जेल प्रशासनले आफ्नो सफाइमा भनेको छ–थम्प्सनलाई पक्राउ गरेको तीन महीना मात्र भएको थियो । उनी जेलको कोठरीमा अचेत अवस्थामा भेटिएका थिए । मेडिकल रिपोर्टमा पनि उनलाई बचाउन प्रयास भएको तर बचाउन नसकिएको भनिएको छ । जेल प्रशासनले ब्यारेकमा कीरा र उडुस भएको कुरा स्विकारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here