निद्रा र सपनाको सीधा सम्बन्ध भाषासँग हुन्छ । राम्रो निद्राले हाम्रो भाषालाई झनै राम्रो बनाउँदै जान्छ । युनिभर्सिटी अफ योर्कमा भएको शोधले भनेको छ– दुई रातको निद्राले हाम्रो भाषामा एउटा नयाँ शब्द जोडिदिन्छ । यो प्रक्रिया उमेरभरि चल्छ । निद्रामा हाम्रो भाषा अद्यावधिक हुन्छ । कतै सुनिएको शब्द हाम्रो भाषाको अङ्ग बन्छ । यसको कारण अवचेतन दिमागको आवाजप्रति लगाव हो ।
निद्रामा दिमागले आवाज र शब्दसँग खेल्छ । १० वर्षको उमेरसम्म यो प्रक्रिया निकै तीव्र हुन्छ । यसैले बच्चालाई राम्ररी निदाउन दिनुपर्छ । बच्चाको लामो निद्रामा भाषा सिक्ने प्रक्रिया चलिरहन्छ ।
योर्कमा निद्रा, भाषा र चेतना ल्याबमा मनोविज्ञानका प्रोफेसर गैरेथ गैसकेल भन्छन्– निद्रामा आवाजको निकै बढी हलचल हुन्छ । यसैले हाम्रो सपना पनि थुप्रै भाषामा आउँछन् । सपनामा कैयौंपटक हामी यस्तो भाषा बोल्छौं वा सिकिरहेका हुन्छौं । जस्तै हिन्दीभाषी व्यक्ति जो थोरबहुत अङ्ग्रेजी जान्दछ, सपनामा अङ्ग्रेजीमा कुरा गरिरहेको हुन्छ । सपनामा बोल्ने उसको भाषाको स्तर उसको वास्तविक क्षमताभन्दा धेरै राम्रो हुन्छ । सपनामा बोलिने उसको भाषाको स्तर उसको वास्तविक क्षमताभन्दा निकै राम्रो हुन्छ, किनभने सपना देखिरहेको दिमागले यस्तो शब्दको खूब प्रयोग गर्छ, जुन कुनै अवचेतनमा हुन्छ ।
यो पनि सम्भव छ कि हामी यस्तो भाषामा सपना देखौं, जसलाई हामी न बोल्न सक्छौं, तर वरपर त्यो भाषा बोलिन्छ । दिमागले ती आवाजलाई चिनिसकेको हुन्छ । गैसकेल भन्छन्– थुप्रै भाषा बोल्नेहरूलाई प्रायः बहुभाषी सपना आउँछ । सपनामा एउटा भाषाको शब्द अर्को भाषाको त्यसै प्रकारको आवाज गर्ने शब्दको साथ प्रयोग हुन थाल्छ ।
अध्ययनमा भनिएको छ, जो मानिस बोल्न–सुन्न सक्दैन, उनीहरूको सपनामा भाषा हुँदैन । उनीहरू इशारामा कुरा गर्छन् । गैसकेल भन्छन्– बहुभाषीको सपनाका कैयौं स्तर हुन्छन् । यसमा एकसाथ कैयौं भाषा हुन्छ, जुन कैयौंपटक कुनै यस्तो भाषा, जुन मातृभाषा हुँदैन । कैयौंपटक लिंग्विस्टिक एंग्जाइटी ड्रिम्स पनि आउँछ । यसमा मानिस कुनै अन्य भाषामा सङ्घर्ष गरिरहन्छ । आफ्नो सपनाको शब्दकोशमा नयाँ शब्द खोज्छ । उसको दिमागमा यस्ता कैयौं शब्द आउँछन्, जसको मतलब उसलाई थाहा हुँदैन ।
गैसकेल भन्छन्– जब पनि हामी कुनै नयाँ शब्द सिक्छौं, तब त्यसलाई राम्ररी प्रयोग गर्नको लागि आफ्नो जानकारीसँग अद्यावधिक गर्नुपर्छ । यसको लागि निद्रा आवश्यक हुन्छ । निद्राको बेला नै दिमागले पहिलेदेखि मौजुद ज्ञानको साथ नयाँ ज्ञानसँग सामञ्जस्य बसाउँछ ।
अध्ययनमा सहभागी सुतिरहेका प्रतिभागीहरूलाई वास्तविक भाषण र बेमतलबवाला छद्म भाषण सुनाइएको थियो । इइजीको माध्यमबाट उनीहरूको दिमाग स्क्यान गरियो । सुतिरहेका प्रतिभागीको दिमागले केवल वास्तविक भाषण सुनिरहेको थियो । जब हामी सपना देखिरहेका हुन्छौं, तब दिमाग ती आवाजलाई सुन्न बन्द गरिदिन्छ, जसले सपना भङ्ग हुन सक्छ ।