भान्साको मसालाले खानाको स्वाद मात्र होइन स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ । जस्तै बेसार, मरिच, ज्वानो, तेजपत्ता आदि । बेसार र मरिच स्वास्थ्यको लागि वरदान भएको आयुर्वेदले जनाएको छ । यी दुवै वस्तुमा एन्टिइन्फ्लेमेटरी र एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले थुप्रै प्रकारको रोग भगाउँछ ।
बेसार र मरिचको पानी पिउँदा सुन्निएको कम हुन्छ । यी वस्तुमा हुने एन्टिइन्फ्लेमेटरी गुणले सुन्निएको कम गर्छ । साथै यसले वजन पनि कम गर्छ । बेसार र मरिचको पानी फ्याट बर्नरसरह काम गर्छ । नियमित सेवन गर्दा शरीरमा रहेको एक्स्ट्रा बोसो कम हुन्छ ।
जोर्नी दुखाइमा पनि बेसार र मरिचको पानीले निकै फाइदा पुग्छ । मधुमेहका रोगीले यो पानी सेवन गर्दा शरीरमा इन्सुलिनको स्तर नियन्त्रित रहन्छ र ब्लड सुगर पनि कन्ट्रोल हुन्छ ।
जसलाई अर्थराइटिसको समस्या छ उनीहरूले पनि बेसार र मरिचको पानी सेवन गर्दा निकै लाभ पुग्छ । भनिन्छ, बेसार र कालो मरिचको धूलो मिसाइएको पानी सेवनबाट क्यान्सरको खतरा पनि कम हुन्छ । यसमा करक्युमिन नामक पोषक तत्व हुन्छ जसले क्यान्सरको कोशिकालाई नष्ट गर्न मदत गर्छ । स्तन क्यान्सर, गैस्ट्रिक, पेटको क्यान्सर र ल्युकेमियाको क्यान्सर कम गर्न बेसार र मरिचको पानी नियमित सेवन गर्नुपर्छ ।