मुटु हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग हो । तर विश्वभरि गतिहीन जीवनशैलीले अचानक ह्दयघातको गम्भीर समस्यासहित ह्दयरोगको वृद्धिमा योगदान दिएको छ ।
अचानक ह्दयघातका घटनामा समय महत्वपूर्ण हो, त्यसैले छिटो कार्य गर्न र परिस्थितिसँग सामना गर्न आवश्यक कदमहरू पालना गर्न महत्वपूर्ण छ । चाहे तपाईं नै अचानक ह्दयघातको अनुभव गर्दै हुनुहुन्छ वा यो अनुभव गरिरहेको कसैसँग हुनुहुन्छ भने तुरुन्तको कारबाहीले जीवन बचाउन सकिन्छ ।
असहज दबाबमा हाच्छियूँ वा बेचैनी आउनु ह्दयघातका सङ्केत हुन् । एक चेतावनीसूचक छातीमा दुखाइ हुनेछ, जुन असहज दबाब जस्तै महसूस हुन्छ र १० मिनेटभन्दा बढी रहन्छ । हेर्नुपर्ने एउटा यस्तो लक्षण शरीरको माथिल्लो भागका विभिन्न भागहरूमा बेचैनी हुनु हो । हात, ढाड, घाँटी, बङ्गारा वा पेटमा दुखाइ र बेचैनी ह्दयाघातका लक्षणहरू हुन् । ह्दयघातका सबैभन्दा सामान्य लक्षणहरूमध्ये एक हो– सास फेर्न गार्हो हुनु । यदि तपाईंको वरपर कोही व्यक्ति ह्दयघातका लक्षणहरू अनुभव गरिरहेको छ भने जानौं त्यस बेला हामीले के गर्नुपर्छ ।
पल्स जाँच गर्नुहोस्
यदि तपाईं वरिपरिको व्यक्ति जोडजोडले सास फेरिरहेको छ भने सबैभन्दा पहिले उसको नाडी जाँच गर्नुपर्छ । नाडी जाँच गर्नको लागि व्यक्तिको नाडी वा घाँटीमा दुईवटा औंला राख्नुपर्छ र बलियो तथा स्थिर धडकन महसूस गर्नुपर्छ । तपाईं व्यक्तिको छातीमा आफ्नो कान राखेर पनि धडकन सुन्ने प्रयास गर्न सक्नुहुन्छ । यदि तपाईंले पल्स फेला पार्न सक्नुहुन्न वा यदि व्यक्तिले सास फेरिरहेको छैन भने, तुरुन्तै कार्डियोपल्मोनरी रिससिटेशन (सिपिआर) शुरू गर्नु महत्वपूर्ण हुन्छ ।
सिपिआर दिनुहोस्
यदि व्यक्तिले श्वास फेर्न नसकेमा वा स्वास्वा गरिरहेको छ भने उसलाई तुरुन्तै सिपिआर दिनुपर्छ । सिपिआर रेस्क्यू ब्रिदिङ र चेस्ट कम्प्रेशनको संयोजन हो, जसले मुटु र मस्तिष्कमा अक्सिजन र रगत पम्प गर्छ ।
एम्बुलेन्स कल गर्नुहोस्
यदि कसैलाई अचानक ह्दयघात भएको छ भने तुरुन्तै एम्बुलेन्सलाई कल गर्न आवश्यक छ, जसमा प्रत्येक मिनेट महत्वपूर्ण हुन्छ, किनकि तत्काल चिकित्सा सुविधाले बाँच्ने र निको हुने सम्भावना बढ्छ । यदि एम्बुलेन्स उपलब्ध छैन वा धेरै टाढा छ भने त्यस व्यक्तिलाई आफैंले नजीकको अस्पतालमा लैजानुपर्छ ।
एइडीको प्रयोग
यदि तपाईंको एइडीमा पहुँच छ भने, यसलाई सकेसम्म चाँडो प्रयोग गर्नुहोस् । एइडी एक यस्तो उपकरण हो, जसले मुटुको चाल सामान्य लयमा स्थापित गर्न मुटुमा झटका दिन्छ । यो प्रयोग गर्न सजिलो छ र अचानक ह्दयघातको अवस्थामा जीवन बचाउने उपकरण हुन सक्छ ।
सिपिआर दिइरहनुहोस्
यदि तपाईंले अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एइडी)को प्रयोग गरेपछि पनि व्यक्तिको मुटु धड्कन थाल्दैन भने आपत्कालीन चिकित्साकर्मीहरू नआउन्जेल सिपिआर जारी राख्नुपर्छ । मदत नआउन्जेल व्यक्तिलाई पुनर्जीवित गर्ने प्रयास गरिरहनु महत्वपूर्ण छ, किनकि सिपिआर छिट्टै शुरू गरियो र चिकित्सा सहायता नपुग्दासम्म जारी राखियो भने व्यक्तिको बाँच्ने राम्रो सम्भावना हुन सक्छ ।