कसैकसैलाई बिहान उठ्ने बित्तिकै तिर्खा लाग्छ वा थकाइ महसूस हुन्छ भने यस्तो लक्षण मधुमेहका बिरामीहरूमा पनि देखिने गरिन्छ । बिहान उठ्ने बित्तिकै घाँटी सुक्खा महसूस हुने वा मुख सुकेको महसुस हुन्छ भने यो मधुमेहको समस्या हुन सक्छ । यस्ता लक्षण मधुमेहका बिरामीमा देखिन्छन् ।
त्यस्तै, बिहान उठ्ने बित्तिकै धमिलो देखिन्छ अथवा स्पष्ट कुनै वस्तु देखिंदैन भने यो पनि मधुमेहको लक्षण हुन सक्छ । यस्तो त्यति बेला हुन्छ, जब शरीरमा सुगर बढ्न थाल्छ र सानो रक्तवाहिकालाई नोक्सान पुर्याउँछ, जसले गर्दा धमिलो देखिन थाल्छ । बिहान उठेपछि शरीर चिलाउँछ, अनुहार, छाला र गोप्य अङ्ग चिलाउँछ भने यो पनि मधुमेहको लक्षण हुन्छ । त्यस्तै, बिहान उठ्दा शरीर झमझमाउने वा सुन्न महसूस हुन्छ भने यो पनि मधुमेहको लक्षणमध्ये एउटा हो । यस्ता व्यक्तिले तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।