अनारको साथै अनारको बोक्राबाट पनि निकै फाइदा लिन सकिन्छ । अनारको बोक्राको धूलोले घाँटी खसखसाउने, पेटको समस्या, खोकी, हाड आदिमा फाइदा पु¥याउँछ । अनारको बोक्रालाई ३५० डिग्री आगोमा २० मिनेटसम्म भट्टीमा पकाउने, सुकेपछि त्यसलाई मसिनो धूलोमा पिसेर राख्नुपर्छ । अनारको धूलोबाट चिया बनाउन सकिन्छ यस्तो चियाले घाँटी खसखसाउने, खोकी र पेट तथा हाडको समस्या हुन दिंदैन । अनारको धूलोमा थोरै कागतीको रस मिसाएर यसको पेस्ट अनुहारमा लगाउँदा अनुहार चम्किलो हुनुको साथै डन्डीफोर, चायापोतो आदिको समस्या हराउँछ । अनारको बोक्राको धूलोमा एन्टि–इन्फ्लेमेटरी गुण हुन्छ, जुन पेटको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । मुखको अल्सर, गिजा सुन्निने, सासको दुर्गन्ध र अन्य दाँतको समस्या भएपछि यसको धूलो प्रयोग गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here