झूटो बोल्नु पनि एउटा बिमारी हो, संसारमा धेरैजनाले अनजानमा झूटो बोल्ने गर्छन् । जसले गर्दा थुप्रै समस्या निम्तिन्छन् । अमेरिकाको थिएटर आर्टिस्ट र प्रोड्युसर क्रिस्टोफर मसीमाइनलाई झूटो बोल्ने बानी थियो, जसले गर्दा उनी प्रायः समस्यामा हुन्थे । यसै कारण उनको जागीर पनि गयो र पत्नीसँग पनि छुट्टिनुप¥यो ।
उनको झूटो बोल्ने दायरा निकै ठूलो थियो । एकपटक उनले दाबी गर्दै भनेका थिए–मैले सगरमाथा चढिसकें, जबकि उनी कम्बोडियाको कुनै होटलमा थिए । उनले ह्वाइट हाउसबाट अवार्ड पाएको पनि दाबी गरेका छन् । उनी चिकित्सकसँग पनि झूटो बोल्ने गर्दथे । उनी भन्छन्– झूटो बोल्नु जालसाजी होइन, बरु यो मेरो मानसिक रोग हो ।
क्रिस्टोफरलाई क्लस्टर बी पर्सनालिटी डिसअर्डर छ, यस सिन्ड्रोममा व्यक्ति अरूको ध्यान आकर्षित गर्न झूटो बोल्ने गर्छन् । उनकी पत्नी मैगी भन्छिन्– उनले झूटो बोल्छन् कि साँचो बुझ्न सक्दिनँ । उनी सानै उमेरदेखि झूटो बोल्दै आइरहेका छन् ।
मिशिगन युनिभर्सिटीको सर्भे अनुसार अमेरिकामा ५.३ प्रतिशत मानिस दिनभरिमा औसत १५ पटक झूटो बोल्छन् । नेता र पसले भएका कारण पनि उनीहरू झूटो बोल्छन् । यस्ता झूटो बोल्ने बिरामीलाई थेरापीको मदतले ठीक गरिन्छ ।