• कुमारबन्धु रुपाखेती

मतदाताहरूले यसपालि ठूला दलहरूलाई लोप्पा खुवाइदिए । दाँत झरेका र नङ्ग्रा खिइएका ठूला दलहरू, तैपनि सरकार बनाउन सर्कस देखाउँदैछन् । सदाझैं जोकडई तालमा ओलीले मुँछमा ताव दिंदै ‘बाघ बूढो स्याल तन्नेरी’ भनेर अझैं साना र नयाँ दलहरूलाई तर्साउन छाडेका छैनन् । सानो भनेर हेलाँ नगर्नु भन्ने उखान अब नेपाली राजनीतिमा फेरि एकपल्ट चरितार्थ हुनेवाला देखिन्छ । काङ्ग्रेस र एमालेको गर्जनलाई अचेल गर्जिने बादल बर्सिंदैन समेत भन्न थालिएको छ । बाहिर गर्जिएजस्तो अभिनय गर्ने ठूला दलहरू भित्रभित्रै पर्दा पछाडि भने साना दलहरूलाई तुम्हीं हो माता, पिता तुम्हीं हो भन्दै लम्पसार पर्न थालेको समाचार पनि चुहिन थालेको छ । साना दलहरूको आशीर्वादविना केन्द्र र कतिपय प्रदेशमा समेत सरकार बन्ने अवस्था छैन । ठूला दलहरूको अवस्था त फूटबलको कौवा खेलाडीझैं भएको छ । केटाकेटीमा हामीले भकुन्डो खेल्दा कौवा खेलाडी पनि राखिन्थ्यो, कौवाले पक्ष्F–विपक्ष जता पनि गोल हान्ने सुविधा पाउँछ । देउवा, ओली, प्रचण्ड अब नेपाली राजनीतिका निर्णायक रहेनन् । यिनीहरूले आफ्नो दलको शीर्ष नेता भन्न पनि शरम मान्नुपर्ने हो । निर्णायक अब छोटे दलहरू बनेका छन् । वास्तवमा नयाँ र साना दलहरूको अग्निपरीक्ष्Fा अब शुरू भएको छ । तर देश खाएर शेष भएकाहरूका सामने यी छोटेहरू कतिन्जेल टिक्लान् भन्न कठिन छ । हाँडीघोप्टेलाई जति खाए पनि नपुगेझैं देउवा, ओली र प्रचण्ड यी तीनैजना भित्रभित्रै एकपल्ट फेरि प्रधानमन्त्री बनेर रजगज गर्न चाहन्छन् । साना दलहरूलाई मतियार बनाउने काम प्रारम्भ भइसकेको छ । आश्वासनको पोको बोकेर शीर्षकहरू कोठे बैठकमा सरिक भइरहेका छन् । कमजोर राजनैतिक पृष्ठभूमिबाट आएकाहरूसँग मोलमोलाइ पनि भइरहेको छ ।

मतदाताहरूले जसरी परिवर्तनको चाहना देखाएका छन्, त्यस अनुसार परिवर्तन असम्भव हुँदै गएको आभास पनि हुन थालेको छ । जसरी निर्वाचनमा मधेस प्रदेशले उपेन्द्र, राजेन्द्रहरूलाई संसदबाट वञ्चित ग¥यो, त्यसैगरी आम नेपालीको चाहना देउवा, ओली, प्रचण्डलाई प्रधानमन्त्री पदबाट वञ्चित गर्ने र नयाँ अनुहार भिœयाउने रहेको देखिन्छ । तर यो महŒवपूर्ण कुर्सी अझै पनि यिनै नेतात्रयको वरिपरि रुमलिइरहेको देखिन्छ । नयाँ र साना दलहरूले चमत्कार देखाउने यो सुनौलो अवसरलाई कसरी उपयोग गर्ने हुन् भन्न गा¥हो छ । सडकमा हुन्जेल जनताको कुरा गर्ने, सदनमा पुगेपछि कुर्सीको परिक्रमा गर्ने हाम्रो पुरानै परम्परा छ । अब उतिबेला जस्तो सूर्यबहादुर र लोकेन्द्र बहादुर पनि संसद्मा छैनन्, जो काङ्ग्रेस, एमालेको टाउकोमा टेकेर प्रधानमन्त्री बने ।

कुनै जमानामा अल्पमतको होइन, बहुमतको सरकार भन्ने एमाले र अपार जनसमर्थन रहेको भन्ने काङ्ग्रेसले बहुमत र दुईतिहाई बहुमतको सरकार बनाउँदा समेत मुलुक झन्झन् कमजोर हुँदै गएको इतिहास साक्षी छ । अब त यिनीहरूसँग न अल्पमत छ, न अपार जनसमर्थन नै । सङ्क्षेपमा भन्ने हो भने सरकारको नेतृत्व गर्ने हैसियत नै छैन यिनीहरूसँग । अझ देउवाको काङ्ग्रेसमा त देउवालाई संसदीय दलको नेताबाट हटाउने खेला पनि चालू छ, कमोबेस ओलीको हविगत पनि यस्तै छ ।  ओली र देउवालाई त स्वास्थ्यले समेत जवाफ दिन थालिसकेको देखिन्छ । यिनीहरूले बुझ्नुपर्छ– स्वास्थ्य नै धन हो त्यसैले साना दलहरूले घोत्लिएर सोच्ने अवस्था छ, किनकि जनताले सानाहरूको कोर्टमा फूटबल पु¥याएको छ । हेक्का रहोस्, दाँत फुस्किएको, नङ्ग्रा नभएको बूढो बाघभन्दा, तन्नेरी स्याल घोर्ले हुन्छ । पशुपतिनाथले सबैको कल्याण गरून् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here