रूस र युक्रेन युद्ध पछिल्लो नौ महीनादेखि चलिरहेको छ। रूसले युक्रेनको कैयौं क्ष्Fेत्र तबाह गरिसकेको भएपनि अहिलेसम्म जीत हासिल गरेको छैन। खेरसान जस्ता इलाका पुनः युक्रेनको कब्जामा आएको छ। यस्तो हार देखेपछि युक्रेनमाथि रूसले सबैभन्दा घातक हतियारमध्ये एउटा वेपनको प्रयोग गर्न चुकेको छैन। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना निजी सेनालाई खतरनाक हतियारको तैनाथीको स्वीकृति दिएका छन्। यस हतियारलाई ‘पुअर मैन न्युक्लियर वेपन’ नाम दिइएको छ। यो एउटा घातक फ्लेमथ्रोवर हतियार हो। टिओएस–वनए सोल्न्टसेपेक थर्मोबैरिक फ्लेमथ्रोवरलाई बख्तरबन्द वाहनमा दुश्मनको पूर्ण विनाशको लागि डिजाइन गरिएको छ। स्वीकृति पाएपछि रूसले यस हतियारलाई युक्रेनमा प्रयोग गर्न थालेको छ।

दुश्मनलाई वाष्पमा बदलिदिन्छ यस हतियारलेः यो यति खतरनाक हतियार हो कि जब विस्फोट हुन्छ, तब यसले वरपरको हजार फिट रेडियससम्म आउने सबै वस्तुलाई वाष्पमा परिणत गरिदिन्छ। यसको विस्फोटले सीधैं मानिसको फोक्सोमाथि असर गर्छ र यद्यपि त्यति बेला तापमान तीन हजार डिग्री सेल्सियससम्म पुग्छ, यसैले कोही बच्ने प्रश्न नै उठ्दैछ। थर्मोबैरिक गोलाबारुदलाई दुनियाँको सबैभन्दा भयानक (पारम्परिक) हतियारको रूपमा देखिन्छ। सेवानिवृत्त अमेरिकी कर्नल डेभिड जन्सनद्वारा यसलाई गरीब मानिसको परमाणु हतियार नाम दिएका छन्।

यो खतरनाक हतियार सीधैं आकाशबाट छाडिन्छ वा रकेटमा लोड गरेर प्रयोग गरिन्छ। त्यस्तै यसलाई गोलाबारूदसरह पनि दुश्मनमाथि प्रयोग गर्न सकिन्छ। यसैसँग सम्बन्धित एउटा नयाँ भिडियो आएको छ, जसमा पत्ता लागेको छ कि यस हतियारलाई युक्रेन युद्धमा पनि प्रयोग गरिंदैछ। पुटिनका वफादार वैगनर गु्रपका रैगटैग सदस्यद्वारा युक्रेनमा हतियारको रूपमा यसको प्रयोग भइरहेको छ।

सरकारी मिडिया आउटलेट आरआइए नोवोस्ती अनुसार ड्रोनको भयानक भिडियो कैद गरिएको छ, जसमा आर्टेमोव्स्क र त्यसको उपनगरमा युक्रेनी सेनालाई मार्नको लागि रूसी सेनाले यी हतियारलाई आर्टिलरी भर्जनको प्रयोग गरिरहेको छ। पहिले भिडियोमा देखिन्छ कि विस्फोटबाट कन्टेनर खुल्छ र त्यसबाट इन्धन मिश्रण निस्किन्छ र धूवाँको रूप लिन्छ। यो वरपरको भवनभित्र प्रवेश गर्छ। त्यस्तै, दोस्रो विस्फोटपछि ठूलो आगोको मुस्लो निस्किन्छ र एउटा भयङ्कर विस्फोट हुन्छ। यसले वरपरको आक्सिजनलाई तान्न थाल्छ। भनिन्छ, पहिले यस हतियारको विस्फोटको चपेटमा आउँदा मान्छे मर्छ वा त्यसपछि भ्याकुमको कारणले उनीहरूको फोक्सोमाथि असर पर्छ र मृत्यु हुन्छ।

रूसले यी हतियारलाई मस्कोस्थित इन्स्ट्च्यिुट अफ एप्लाइड केमिस्ट्रीको सिक्रेट ल्याबमा बनाउँछ। एउटा सूत्रले अल्ट्रा–लोयस्टिक न्यूज आउटलेट आरआइए एफएएनलाई भनेको छ, यी हतियारलाई सबैभन्दा भयानक मानिन्छ। दुनियाँको कुनै पनि देशमा यसलाई कुनै एनालाग छैन। अमेरिकीले यसलाई प्रतिबन्धित गर्ने कोशिश गरेका थिए। वैगनरको नेतृत्व अर्बपति येवगेनी प्रियोझिनले गरिरहेको छ, जुन एउटा कुख्यात युद्ध अपराधी र पुटिनका सहयोगीमध्ये एक हुन्।

– प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here