हट फ्लशैजको लक्षण भनेको अचानक पसिना आउनु, गर्मी लाग्नु र असहज महसूस हुनु हो । हट फ्लशैजले थुप्रै शारीरिक जोखिम बढाउन सक्छ । जुन महिलालाई धेरैपटक हट फ्लशैजको समस्या हुन्छ उनीहरूमा कार्डियोवैस्कुलर समस्या बढ्छ । यसको अलावा जुन महिलालाई पहिलेदेखि मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल छ, उनीहरूको आर्टरिज ब्लक हुन सक्छ ।

भेरिवेल हेल्थ अनुसार जुन महिलालाई मेनोपोजभन्दा पहिले पटक–पटक हट फ्लैशेजको समस्या हुन्छ, उनीहरूलाई मुटुसम्बन्धी समस्या हुने खतरा बढ्छ । महिलामा हट फ्लैशेज ४५ को उमेरपछि हुन सक्छ । ४५ वर्षपछि महिलाको मुटु बढी संवेदनशील र कमजोर हुन सक्छ जसको कारण उनीहरूलाई हट फ्लैशेजको दौरान मुटु सम्बन्धी समस्याको सामना गर्नुपर्छ । यद्यपि यसको कारणबारे सटीक जानकारी प्राप्त भएको छैन तर मुटुको ढुकढुकी तीव्र भएको कारण यस्तो हुन सक्छ ।

हट फ्लैशेजको लक्षणः शरीर तातो हुनु, मुटुको ढुकढुकी बढ्नु, बढी पसिना आउनु, अकुलाहट, थकान, बान्ता हुन सक्छ ।

यस्तो लक्ष्Fण देखिएमा खुला हावामा सास फेर्ने, चीसो पानी पिउने, चीसो पानीले नुहाउने, श्वास प्रश्वाससम्बन्धी व्यायाम गर्ने, हलुका र खुकुलो कपडा लगाउने र मनलाई शान्त राख्नुपर्छ ।

उपचारः हट फ्लैशेज एउटा समस्या हो जसलाई दिनचर्या र आदतमा बदलाव गरेर व्यवस्थापन गर्न सकिन्छ । यसबारे चिकित्सकसँग पनि सल्लाह लिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here