एप्पलको घडी प्रविधिको एउटा टुक्रा मात्र होइन, यसमा केही जीवनरक्षण गुण पनि छ । एप्पल वाचलाई अनगिन्ती ज्यान बचाउने श्रेय पनि दिइएको छ तर यसपटक एकजना बालिकाको क्यान्सर भएको पत्ता लगाएको छ । एप्पल वाचले त्यस बालिकाको हाई हार्ट रेटबारे अभिभावकलाई सचेत गरेको थियो । एप्पल वाचको हार्ट रेट नोटिफिकेशन फिचर वाच एसई, वाच सेभेनको साथसाथै हालै लन्च भएको वाच एट र वाच अल्ट्रामा पनि उपलब्ध छ ।

ओभर डेट्राउन अनुसार इमानी माइल्स नामक एकजना १२ वर्षीया बालिकालाई एप्पल वाचले उसको एबनर्मल हाई रेट हार्ट स्पीडको बारेमा लगातार उसकी आमा जेसिकालाई जानकारी गराएका थियो । लगातार अलर्टपछि जेसिकाले छोरीलाई अस्पताल लगिन् । इमानीको अपेन्डिसाइटिसको शल्यक्रिया गर्दा पनि समस्या समाप्त भएन । चिकित्सकले जेसिकालाई न्युरोएन्डोक्राइन ट्युमरको बारेमा बताए, यो रोग बच्चामा दुर्लभ हुन्छ । जाँचपछि ट्युमर इमानीको शरीरका अन्य भागमा पनि फैलिएको थियो । क्यान्सर हटाउन शल्यक्रिया गर्नुप¥यो । शल्यक्रियापछि सबै कुरा ठीक भयो ।

एप्पल वाचमा इसिजी, हार्ट रेट नोटिफिकेशन, पल्स र क्रैश डिटेक्शनसहित जीवनरक्षकसम्बन्धी फिचर हुन्छन् । हालै एप्पल वाचको इसिजी हार्ट सेन्टरले लगभग तीन हजारपटक कम आराम गर्नेवाला हार्ट रेटको लागि अलर्ट पठाएर ब्रिटेनका एकजना ५७ वर्षीय व्यक्तिको ज्यान बचाएको थियो । डेभिडले पत्नीबाट उपहार पाएको एप्पल घडीबाट कैयौं अलर्ट पाएपछि अस्पताल पुगे । जाँच र परीक्षणपछि उनमा मुटुका थुप्रै समस्या देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here