- कुमारबन्धु रुपाखेती
दलबदलु, बदनाम र छेपारे प्रवृत्तिका नेताहरूको शरणस्थल कुनै जमानामा नेपाली काङ्ग्रेस थियो भने अचेल सडेगलेका यस्ता कबाडहरूलाई एमालेले इज्जत दिन थालेको छ । यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा यस्ता पच्चीस प्रतिशत गन्हाउने अनुहारलाई एमालेले उम्मेदवार बनाएको छ । २०७४ सालको निर्वाचनमा हृदयेश त्रिपाठीहरूले सूर्य चिह्न लिएर बाजी मारेका थिए, मन्त्री पनि पड्काए र अहिले लापत्ता छन्, सूर्य र एमालेसँग अब कुनै नाता नै छैन । अहिले त झन् अनुदार महापञ्च भनिने कमल थापाले बाइज्जत सूर्य चिह्न फहराउन पाएका छन् । भीम रावल र घनश्याम भुसालमाथि नकेल कसेका ओलीलाई रौतहटका प्रभु साहले ४४० भोल्टको झट्का दिएर उनको र सूर्य चिह्नको औकात देखाइदिए । ओली नेतृत्वमा आएदेखि नै एमालेमा आफन्तलाई पाखा र बाहिरकालाई काखामा राख्न थालिएको छ । अझै पनि एमालेभित्रका आफ्ना आलोचकहरूमा ओलीले माधव नेपालको गन्ध पाउँछन् ।
अब यस्तो पाराले एमालेलाई पहिलो पार्टी बनाउँछु भन्नु र रावणले सिढी चढेर चन्द्रमामा पुग्छु भन्ने कुरा उस्तैउस्तै हो । यस्तै रवैयाले गर्दा स्थानीय निर्वाचनमा एमाले खस्केर निचला पायदानमा पुगेको थियो । यसरी म्यादी उम्मदेवारहरू खडा गरेर एमालेले आफ्नै आड्ढो छारो उडाउँदैछ । एमालेलाई खुइल्याउने काम स्वयम् ओलीले नै गर्दैछन् कि भन्ने भ्रम पर्न थालेको छ । ‘हर बहे से खर खाए, बकरी खाए अचार’ प्रवृत्तिले यसपटकको निर्वाचनमा स्थानीयमा थुप्रै बालेन शाहहरू जन्मिने सम्भावनालाई नकार्न सकिंदैन । ज्येष्ठ नागरिक ओलीको बिर्सिने रोगले पीडित छन् कि भन्ने पनि भान पर्न थालेको छ ।
बूढो ओलीको बालहठले मङ्सिर ४ गतेपछि एमालेको अवस्था धोबीका कुत्ता घरका न घाटका जस्तो नहोस् भन्नेतर्फ कसैको ध्यान गएको देखिंदैन । पाखामा त्यागी र काखामा म्यादी राख्दा कतै एमालेको हबिगत प्रजा परिषद्जस्तो नहोस् ।
प्रभु साह, हृदयेश त्रिपाठी अनि कमल थापाहरू त म्यादी भर्ना भएका हुन् नि । म्यादीले सुविधा पाउन्जेल रजगज गर्छन्, अनि बाटो तताउँछन् । देउवालाई उनी परमादेशबाट अदालतबाट आएको सरकार भन्छन्, अनि त्यही अदालतको परमादेशबाट ओलीले सूर्य चिह्न पाएको होइन र ? झन्डै सूर्य पनि माधव नेपालले खोसिसकेका थिए । रेसमा लङ्गडो घोडामा कसैले बाजी लगाउँदैन, सिवाय ओलीले । पर्सा जिल्लामा एमाले उम्मेदवार बनेका जालीम मियाँ विगतमा पञ्च, काङ्ग्रेस, माओवादी हुँदै अचेल सूर्य बनेका छन् । अचाक्ली नै हो नि १ ओली कहिले कालीबहादुर खाम त कहिले बबन सिंहजस्तालाई खोज्दै हिंड्छन् अनि भीम रावल, घनश्याम भुसाललाई दोषी चश्माले हेर्छन् । त्यसैले म भन्छु समय छँदै ओली प्रवृत्तिमा लगाम नलगाउने हो भने भोलिका दिनमा खल्लास एमाले अथवा एमाले खल्लास भन्न नपरोस् । अहिले त लाल सलाम भन्नेहरूमा लाल लगाम छ ।
काङ्ग्रेस र एमाले देशका दुई ठूला दलमध्ये एउटा (एमाले)ले ढेडिया, पोठियालाई उम्मेदवार बनाउँदै हिंडेको छ भने नेपाली काङ्ग्रेस धनाढ्य र पूँजीपतिहरूलाई ताकेर हिंडिरहेको देखिन्छ । अचेल पैसावालहरू पनि अलिअलि राजनीति गर्न जान्ने भइसके । उम्मेदवार नै बनेपछि चन्दा–सन्दाको हरहर कचकच नै समाप्त, अनि उद्योगधन्दा चलाउन, मनग्य कमाउन पनि सजिलो । काङ्ग्रेसको समानुपातिक त पैसावालहरूको दाइजो नै साबित भएको छ ।
तर जेसुकै भएपनि काङ्ग्रेस र एमालेका ठाकुरहरूले ‘हिंजडो कि फौज बनाई है’ भन्ने पनि चर्चा छ ।
औद्योगिक नगर भएकोले राजनीतिक दलहरूको राम्रFे आर्थिक सङ्कलन अथवा दोहन क्षेत्र पनि वीरगंज हो । तर यसपटक यहाँ कसैले पनि राम्रFे अर्थ सङ्कलन गर्न सकेका छैनन् । साना दलहरू त त्यसै पनि धनको मोहताज छन् । तर बोरामा ल्याएर झोलामा बाँड्नेहरूसमेत यसपटक हिस्स परेका देखिन्छन् ।