काठमाडौं, २७ असोज/रासस

नेपालमा फिल्म निर्माण (पोस्ट प्रोडक्शन), छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ । नेपालमा ‘डिजिटल यात्रा’ को सुरुआत भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’को निर्माण र प्रदर्शनसँगै भएको थियो ।

सन् २००८ मा क्वेस्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुर्ई फिल्मसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक भएको फिल्मकर्मी बताउँछन् । प्रविधि डिजिटलमय भएसँगै चलचित्र विकास बोर्डले पुराना फिल्म संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेशन तथा रेस्टोरेशन गरेको छ ।

सेल्युलाइड प्रविधिमा रहेका महŒवपूर्ण फिल्म आमा, के घर के डेरा, बदलिंदो आकाश, जीवनरेखा, सिन्दूर, कुमारी, मनको बाँध, परिवर्तन, हिजोआज भोलि र शान्तिदीपलाई डिजिटाइज गरेर सुरक्षित राखेको बोर्डका चलचित्र सङ्ग्रहालय, सूचना तथा अन्तर्राष्टियसम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंले जानकारी दिए । ती फिल्म अङ्ग्रेजी भाषामा सबटाइटल गरिएको छ ।

 “डिजिटाइजेशनसँगै ती फिल्मका रिल रेस्टोरेशन (पुरानोलाई नयाँजस्तै बनाउने) गरेर राखिएको छ । रेस्टोरेशनले एट के (आधुनिक प्रविधि) वा अन्य विकसित गुणस्तरमा स्तरोउन्नति गर्न सकिने छ । हामीले सरकारी लगानीमैं निर्मित १५ घण्टा बराबरको ९० डकुमेन्ट्रीसमेत डिजिटाइज गरेका छौं”–उनले भने । रेस्टोरेशन गर्दा रिल कोरिएको, प्वाल परेको, टाँसिएको लगायत ड्यामेजलाई हरेक दृश्यमा काम गरेर नयाँजस्तै बनाइन्छ । त्यसलाई डिजिटल प्रविधिमा ल्याएपछि सङ्ग्रहित गरिन्छ ।

पहिलो चरणमा तत्कालीन शाही नेपाली चलचित्र संस्थान र सूचना मन्त्रालयको सरकारी लगानीमा बनेका फिल्म डिजिटाइज गरिएको छ । डिजिटाइजेशनपछि १६ एमएम र ३५ एमएमका ती फिल्म टु के र फोर के (आधुनिक प्रविधि) ढाँचामा छन् । नेपालमा फिल्मको इतिहासलाई आम सर्वसाधारणसम्म पु¥याउन चलचित्र सङ्ग्रहालय स्थापना गर्ने प्रक्रिया थालिएको बोर्डले जनाएको छ ।

अधिकृत गुरागाईंका अनुसार साउथ एशियाका देशमध्ये छिमेकी मुलुक भारतपछि सफलतापूर्वक डिजिटाइजेशन तथा रेस्टोरेशन गर्ने देश नेपाल हो । पहिलो बोर्ड अध्यक्ष यादव खरेलको सक्रियतामा नेपाल टेलिभिजनमा राखिएका रिलको सफाइ गरेर बोर्डमा अर्काइभ गरी राख्ने अवधारणा ल्याएपछि डिजिटाइजेशनको शुरूआत भएको अधिकृत गुरागाईंले बताए ।

उनले भने–“फिल्म सर्वसाधारणलाई देखाउने कार्यविधि निर्माण गर्ने तयारीमा बोर्ड छ । हामी स्वदेशसँगै विदेशमा समेत प्रदर्शन गर्ने तयारीमा छौं ।” सन् २०२१ मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा डिजिटाइजेशन गरिएको दुर्ई फिल्म आमा र कुमारी प्रदर्शन गरिएको थियो । विसं २०७५ भदौ २८ सम्झौता गरेर २०७६ फागुन ८ गते डिजिटाइजेशन र रेस्टोरेशनको कार्य भारतको चेन्नईस्थित श्रीप्रसाद कर्पाेरेशन प्रालिको प्रसाद ल्याबमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here