नवरात्रिमा नौ दिन दुर्गादेवीको भिन्दाभिन्दै स्वरूपको पूजाअर्चना गरिन्छ । यस दिन माता दुर्गाले भक्तजनलाई सुख–समृद्धि र खुशीयालीको आशीर्वाद प्रदान गर्छिन् । हरेक वर्ष आश्विन मासमा शुक्ल पक्षको प्रतिपदादेखि शुरू हुने शारदीय नवरात्रिको धार्मिक मान्यता अनुसार विशेष महŒव छ । त्यस्तै चिकित्सकले पनि यस दिन उपवास बसेपछि शरीरमा निकै फाइदा हुने बताएका
छन् ।
स्त्री एवं प्रसूतिरोग विशेषज्ञ डा अमृता राय भन्छिन्–शरीर शुद्धिको लागि उपवास एउटा प्रभावशाली तन्त्र मानिन्छ । शरीर शुद्ध भएपछि मन पनि शान्त र स्थिर हुन्छ, किनभने शरीर र मनको गहिरो सम्बन्ध हुन्छ । हाम्रो स्वास्थ्यमाथि कुनै नराम्रो प्रभाव पर्दैन तर यदि कसैलाई स्वास्थ्यसम्बन्धी समस्या छ भने चिकित्सकसँग अवश्य सल्लाह लिनुपर्छ विशेषगरी गर्भवती वा स्तनपान गराउने महिलाहरूले ।
वरिष्ठ फिजिशियन डा विमल राय भन्छन्–उपवासले शरीरबाट विषाक्त पदार्थ निकाल्न मदत गर्छ, यसको अतिरिक्त यसले वजन कम गर्न र मेटाबोलिज्म र क्रोनिक (पुरानो) रोगको विकासको जोखिम पनि कम गर्छ । यसले मुटु स्वस्थ रहन्छ, रक्तचाप नियन्त्रित रहन्छ ।
पटनाकी ब्रह्माकुमारी सङ्गीता भन्छिन्–शक्तिको उपासनाको पर्व शारदीय नवरात्र प्रतिपदादेखि नवमीसम्म निश्चित नौ तिथि, नौ नक्षत्र, नौ शक्तिको नवधा भक्तिको साथ सनातनकालदेखि मनाइँदै आइरहेका छौं । आदिशक्तिको हरेक रूपको नवरात्रिको नौ दिन क्रमशः अलग–अलग पूजा गरिन्छ । नवौं शक्तिको नाम सिद्धिदात्री हो । उनले सबै प्रकारको सिद्धि दिन्छिन् ।