ज्योतिष शास्त्रमा नीमको सम्बन्ध शनि र केतुसँग जोडिएको छ, यसैले दुवै ग्रहको शान्तिको लागि घरमा नीमको रूख लगाउनु शुभ मानिन्छ । नीमको काठबाट हवन गर्नाले शनि शान्त हुन्छ र यसको पातलाई जलमा राखेर स्नान गर्नाले केतुसम्बन्धित समस्या टाढा हुन्छ ।

नीमको रूखमा गणेशजीको वास हुन्छ । केही स्थानमा माँ दुर्गालाई निमारी देवी पनि भनिन्छ । नीमलाई संस्कृतमा निम्ब पनि भनिन्छ । यो वृक्ष औषधीय गुणको कारण पारम्परिक उपचारमा बहुपयोगी सिद्ध मानिएको छ । चरक संहिता र सुश्रुत संहिताजस्ता प्राचीन चिकित्सा ग्रन्थमा पनि नीमको उल्लेख छ । नीमको पातको धूवाँले नराम्रो र प्रेत आत्माबाट बचाउ गर्छ । नीमको पात जलाउँदा लामखुट्टे भाग्छ । नीमको पातमा एन्टिब्याक्टेरियल गुण हुन्छ । यसै कारण यसले सङ्क्रमण, जलन र त्वचासम्बन्धी सबै प्रकारको समस्याबाट मुक्ति दिन्छ । नीममा भिटामिन र फैटी एसिडले त्वचामा सुधार गर्छ, चाउरिएको छाला तन्दुरुस्त बनाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here