तापमानको सीधा सम्बन्ध हाम्रो दिमाग र व्यवहारसँग हुन्छ । १२ देखि २१ डिग्री सेल्सियसमा हाम्रFे मूड सबैभन्दा राम्रो हुन्छ । यस समय रिस पनि निकै कम उठ्छ । द लैंसेट प्लेनेटरी हेल्थले अमेरिकाको ७७३ शहरमा बस्ने मानिसको व्यवहारमाथि तापमानको हिसाबले अध्ययन गरेका थिए । अध्ययन अनुसार बढी गर्म वा बढी चीसो भएपछि मान्छेमा रिस बढ्छ र भौतिकरूपले रिस वा आक्रोश नदेखिएपछि उसले अनलाइन जाहेर गर्छ ।

रिपोर्टमा भनिएको छ–अमेरिकामा हिट वेबको दौरान अनलाइन हेट स्पिच वा हेट टेक्स्टको मामिला निकै बढेको थियो । शोधकर्ताको भनाइ छ, अमेरिकामा २५ प्रतिशत ब्लैक र १० प्रतिशत हिस्पैनिक मान्छे अनलाइन हेट स्पिचको सबैभन्दा बढी शिकार हुन्छन् । मौसममा बदलावको कारण एलजिबिटिक्यु समुदायका मान्छे चार गुना बढी अनलाइन हेट स्पिचको शिकार भएका छन् ।

द लैंसेट प्लेनेटरी हेल्थ टीमले पोट्सडैम इन्स्ट्च्यिुट फर क्लाइमेट इम्पैक्ट रिसर्चका लियोनी वेन्जको नेतृत्वमा मे २०१४ देखि २०२० सम्म ६ वर्षमा अमेरिकामा गरिएको चार सय करोड ट्वीट्सको जाँच गरेको थियो । यसको लागि उनले आर्टिफिसियल इन्टेलिजेन्सबाट एलगोरिदम तयार गरे, जसले हेट स्पिचलाई पहिचान गथ्र्यो । यसमा ७ करोड ५० ट्वीट हेट स्पिचको थियो अर्थात् कुल ट्वीटको २ प्रतिशत ।

टीमले यो जाँच ग¥यो कि कुन ट्वीट कुन क्ष्Fेत्रबाट गरिएको हो र त्यस दिन त्यहाँको मौसम कस्तो थियो । जहाँ तापमान १५ देखि १८ डिग्री सेल्सियस थियो त्यहाँ हेट स्पिच ट्वीट थोरै बढी भएको थियो । –३ देखि –५ डिग्री सेल्सियस तापमानमा बस्ने मान्छेहरूले अन्यभन्दा १२ प्रतिशत बढी हेट स्पिच भएको ट्वीट गरेका थिए ।

मरुभूमि क्ष्Fेत्र जहाँको तापमान ४२ देखि ४५ डिग्री सेल्सियस थियो, हेट स्पिच भएको ट्वीटमा २२ प्रतिशतसम्म बढोत्तरी भयो । यस अध्ययनको अङ्ग रहेका आन्द्रोस लिभरमैन भन्छन्–बढी औसत आय भएको त्यस्ता क्षेत्र जहाँका बासिन्दाले एसी किन्न सक्छन्, त्यहाँ पनि तापमान बढेपछि मान्छेले धेरै हेट ट्वीट्स गरेका थिए । तर यस्तो होइन कि हामी मौसमसँग सामञ्जस्य बनाउन सक्दैनौं ।

हेट स्पिचको लागि शोधकर्ताको टीमले युनाइटेड नेशनको परिभाषालाई मानक माने । यस अनुसार कुनै पनि व्यक्ति वा समूहमाथि उसको धर्म, नस्ल, राष्ट्रियता, रङ्ग, लिङ्ग र कुनै पहिचानको आधारमा कुनै प्रकारको अपमानजनक टिप्पणी हेट स्पिचमा पर्दछ । यसमा सबैभन्दा मुश्किल ती टिप्पणीहरूको वर्गीकरण भएको थियो जुन एक समूह वा समुदायको लागि सम्मान वा माया र अर्कोको लागि अपमानजनक थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here