संसारको सबैभन्दा चीसो स्थानमध्ये साइबेरिया र आर्कटिकको पर्माफ्रास्टबाट वैज्ञानिकहरूले एउटा सूक्ष्म जीवको खोज गरेका छन्, जुन लगभग २४ हजार वर्षसम्म केही नखाएर बरफको चीसो चिहानमा पुरिएको थियो ।
बिबिसीमा प्रकाशित रिपोर्ट अनुसार यस जीवले आफूलाई बचाउन आफ्नो शरीरलाई नै जमाएको थियो । यो जीवलाई डेलायड रोटिफर्स वा व्हील एनिमल्स भनिन्छ । यो थुप्रै कोशिका भएको माइक्रोस्कोपिक जीव हो । यसको मुखको चारैतिर कपालका गुच्छा बनेको हुन्छ ।
शोधमा सहभागी वैज्ञानिकका अनुसार हिमयुगको दौरान साधारणतया सफा पानीमा बस्ने यो जीव पर्माफ्रास्टमा गएर जमेको हुन सक्छ । त्यस्तै यस खोजलाई लिएर रूसको इन्स्ट्च्यिुट अफ फिजिकोकेमिकल एन्ड बायोलोजिकल प्राब्लम्स इन सोयल साइन्ससँग सम्बन्धित प्राध्यापक एस मालविनले भने–पहिले पनि यस्ता रोटिफर्स भेटिएको थियो, जुन –२० डिग्रीको तापमानमा १० वर्षसम्म बस्न सक्दथे । तर यसपटक उसको टीमले खोजेको रोटिफर्स लाखौं वर्ष पहिलेको हो ।
वैज्ञानिकका अनुसार डोलायड रोटिफर्सलाई जन्म दिनुपर्दैन, किनभने यो अलैङ्गिक हुन्छ । वैज्ञानिकले यो जीव खोजेपछि अनुसन्धान अगाडि बढाएपछि तब त्यस जीवले क्लोन बनाउन थालेको थियो । जहाँ यो जीव भेटिएको थियो त्यहाँको जमीन सख्त भइसकेको थियो । यस्तोमा त्यसभित्र रहने जीव लामो समयसम्म सुरक्षित रहन सक्छ ।
के हो रोटिफेर्स
रोटिफेर्स अत्यधिक छोटो जन्तुको श्रेणीमा आउँछ । यसको लम्बाइ ०.०४ देखि २ मिलिमिटरसम्म हुन्छ । यद्यपि यो ०.५ मिलिमिटरभन्दा लामो हुँदैन । आकारमा एकदमै छोटो भए पनि यसको शरीरभित्र एउटा जटिल न्युरो सिस्टम हुन्छ ।