सेतो चिनी सबै घरमा प्रयोग गरिन्छ तर सेतो चिनी ब्राउन सुगरभन्दा बढी फाइदाजनक हुँदैन । सेतो चिनीको सेवनले शरीरमा क्यालोरी बढ्छ, यो मधुमेहका रोगीका लागि हानिकारक हुन्छ, यसले धेरै स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउँछ । यस्तो अवस्थामा सेतो चिनीको सट्टा ब्राउन सुगरको प्रयोग गर्नुपर्छ । यसमा धेरै पोषक तŒवहरू पाइन्छन् । पोटाशियम, कपर, जिंक आदि पाइन्छन् । यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । जानौं ब्राउन सुगर खानुका स्वास्थ्य लाभहरू बारेमा–
ब्राउन सुगरमा क्यालोरी कम पाइन्छ, यसमा रहेको मोलेसेज नामक तŒवले मेटाबोलिज्म बढाउँछ, तौल घटाउँछ । त्यसैले तौल बढेको छ भने यसलाई कम गर्न ब्राउन सुगरको सेवन गर्नुपर्छ । यसले तपाईंको तौल छिट्टै घट्छ । ब्राउन सुगर एक कार्बोहाइड्रेट हो, जुन ग्लुकोजमा टुक्रिन्छ, यस्तो अवस्थामा यदि तपाईंलाई शरीरमा तुरुन्त ऊर्जा चाहिन्छ भने आफ्नो आहारमा ब्राउन सुगर समावेश गर्नुहोस्, यसले शरीरलाई ऊर्जा दिन्छ ।
यदि तपाईंलाई पाचनसम्बन्धी समस्या छ भने ब्राउन सुगरको सेवन गर्नुहोस्, यसको सेवनले पाचनक्रिया मजबूत हुन्छ । यसले कब्जियतको समस्याबाट पनि छुटकारा दिलाउँछ । ब्राउन सुगरको सेवनले छालासँग सम्बन्धित समस्या हट्छ, छालाको चमक बढाउँछ ।