हाम्रFे शरीरको लागि सोडियम निकै आवश्यक हुन्छ । यदि रगतमा अचानक सोडियम कमी भएपछि हाइपोनेट्रेमिया भनिन्छ । यद्यपि सोडियम नूनबाट पाइने हुनाले शरीरमा सोडियमको कमी कमै हुन्छ ।
प्रायः सोडियम बढेको मामिला देखिन्छ । यद्यपि सोडियम कम भएपछि शरीरमा थुप्रै प्रकारका लक्ष्Fण देखिन्छन् । रोग वा गलत खानपानका कारण पनि सोडियमको कमी हुन्छ । रक्तमा सोडियमको मात्रा कम भएपछि हलुकादेखि गम्भीर लक्षण पनि देखिन्छन् ।
हाइपोनेटे«मियाको लक्षणः टाउको दुख्ने, थकान, चिडचिडापन, असन्तुलित हुनु, भोकको कमी, एकाग्रतामा कमी, बान्ता हुनु, मन बेचैन हुनु, ऐठन हुनु, अचानक बढी पसिना आउनु, बेहोश हुनु, कोमा ।
हाइपोनेटे«मियाको कारण थायराइड ग्ल्यान्डको फक्शन प्रभावित हुन सक्छ । थायराइड ग्रन्थिले मेटाबोलिज्म, हार्ट रेट, डाइजेशन र शरीरको अन्य प्रणालीलाई रेग्युलेट गर्न हार्मोन्स उत्पादन गर्छ । हाम्रो शरीरमा एडे«नल ग्ल्यान्ड एलडोस्टेरोन हार्मोनको निर्माण गर्छ, जसले शरीरमा सोडियम र पोटाशियमलाई सन्तुलित राख्ने काम गर्छ । सिभियर डायरिया भएपछि पनि शरीरमा फ्लुको कमी हुन्छ, जसले गर्दा शरीरमा सोडियम कम हुन सक्छ ।
उपचारः हाइपोनेटे«मियाको उपचार सजिलो पनि छ र गा¥हो पनि छ । यस स्थितिमा रोगीको उपचार सोडियमको स्थिति हेरेर गरिन्छ । कैयौंपटक लो सोडियम खानेकुराले पनि हाइपोनेट्रेमियाको स्थिति उत्पन्न गर्छ । यस्तो अवस्थामा चिकित्सकले शरीरमा बिस्तारै बिस्तारै सोडियमको मात्रा बढाउन सल्लाह दिन्छन् । यो कुरालाई ध्यानमा राख्नुपर्छ कि प्रोसेस्ड खानेकुरा, पाउरोटी, पास्ता, सससहित अन्य खाद्य पदार्थमा मौजुद नूनलाई नै डेली इन्टेकको लागि रिकमेन्ड गरिन्छ । यसको साथै पर्याप्त पानी पिउन पनि सल्लाह दिइन्छ ।