अवसाद (डिप्रेशन)को समस्या हुनेहरूले खानपिनमा विशेष ध्यान दिनुपर्छ । जङ्कफूड र अस्वस्थकर खानेकुराले अवसाद झनै बढाउन सक्छ । अत्यधिक कैफिन, प्रोसेस्ड फूड र रिफाइन्ड सुगरजस्ता खाद्य पदार्थले मानसिक स्वास्थ्य बिगार्न सक्छ । कार्बोहाइडे«ट खानेकुराले हाम्रFे मस्तिष्कमा सेरोटोनिन हार्मोन रिलिज गर्छ । जसले हाम्रो व्यवहार सही बनाउँछ ।
ओमेगा ३ फैटी एसिडले हाम्रो मस्तिष्कको प्रक्रियामा सुधार ल्याउँछ । माछामा यो पदार्थ पाइन्छ । माछाले अवसादको लक्षणलाई कम गर्छ । ओमेगा–२, नट्स, आलसको तेल, हरियो सागपात र शाकाहारी वस्तु सेवन गर्नुपर्छ । अहिलेसम्म गरिएको अध्ययन अनुसार भिटामिन डीको कमीले डिप्रेशनको खतरा बढ्छ । तसर्थ घाम र आहारबाट भिटामिन डी सेवन गर्नुपर्छ । दूधमा पनि भिटामिन डी हुन्छ ।
मानसिक स्वास्थ्यको लागि सेलेनियमयुक्त पदार्थ सेवन गर्नुपर्छ । सिङ्गो अन्न, सीफूड, लिन मिटमा सेलेनियमको मात्रा हुन्छ । यसले अवसादलाई निकै हदसम्म नियन्त्रित गर्छ ।