संसारभरिका मुस्लिम समुदायले बकरिद मनाएका छन्। तर सबैभन्दा बढी चर्चा साउदी अरबको हुन्छ किनभने यहाँ भिन्दाभिन्दै देशका मान्छेहरू मिलेर बकरिद मनाउँछन्। धेरैजसो देशमा साउदी अरबको हिसाबले इद मनाइन्छ। जुन दिन साउदी अरबमा चन्द्रमा देखिन्छ, केही देशमा त्यसभन्दा फरक दिन इद मनाइन्छ भने केही देशमा चन्द्रमा देखिएको दिन मनाइन्छ। भारतमा साउदी अरबमा चन्द्रमा देखिएको भोलिपल्ट इद मनाइन्छ। हिजरी वर्षको चन्द्र मासमा नाङ्गो आँखाले चन्द्रमा हेर्ने चलन छ। यो इस्लामको नियम हो। साउदी अरब धार्मिक परम्परासँग यस कारण जोडिएको छ कि मक्का इस्लाम पवित्र स्थान हो। अहिले चन्द्रमा देखिएको दिन इद मनाउन पाउनुपर्ने आवाज उठेको छ।
साउदी अरबमा कसरी मनाइन्छ इद ? साउदी अरबमा ९३ प्रतिशत जनसङ्ख्या मुस्लिम छ। यसमध्ये बढीजसो मुस्लिम सुन्नी छन्। मुस्लिमबहुल देशमा धुमधामका साथ इद मनाइन्छ। साउदी अरबमा विशेष तरीकाले बकरिद मनाइन्छ किनकि यसै बेला हज हुन्छ। यस दौरान संसारभरिका मान्छे हज गर्न साउदी अरब पुग्छन्।
बकरिदको केही दिन पहिले साउदी अरबमा इदसँग सम्बन्धित परम्परा पूरा गरिन्छ। पहिले उमराहमा इहराम, तवाफ, सई आदि गरिन्छ। त्यसपछि मान्छे जबल उर रहमा नामक पहाडमा जम्मा हुन्छन्। त्यसपछि अराफात र मीनाको बीचस्थित मुजदलफा जान्छन् हाजीहरू। त्यहाँ आधा रातसम्म रहन्छन् र शैतानलाई हिर्काउन ढुङ्गा जम्मा गर्छन्। ढुङ्गा हिर्काउने परम्परा इदको एक दिन पहिले गरिन्छ। अघिल्लो दिन इद अल अजहा (बकरिद) मनाइन्छ। त्यसपछि तीन दिनसम्म ढुङ्गा हिर्काउने परम्परा निर्वाह गरिन्छ। पहिलोपटक ढुङ्गो हिर्काएपछि खसी हलाल (काटिन्छ) गरिन्छ र आवश्यक व्यक्तिलाई मासु बाँडिन्छ।
साउदीको मिडिया अनुसार अहिले हजमा धेरै मान्छे पुगेका छन्। शनिवार शैतानलाई ढुङ्गा हिर्काउने परम्पराको लागि मीनामा मान्छेहरू पुगेका छन्। त्यहाँ हजयात्रीहरूको लागि विशेष व्यवस्था गरिन्छ। कोरोनापछि भइरहेको हजयात्रामा १० लाख हाजी आउने अनुमान गरिएको छ। यसको लागि सेनाले मोर्चा सम्हाल्छ र तयारी गर्छ। यसको साथै अन्य ठाउँमा इस्लाम नियम अनुसार इद मनाइन्छ। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)