आजभोलिको व्यस्त दिनचर्याको कारण कानको सरसफाइमा ध्यान दिंदैनौं । ध्वनि प्रदूषण, तनावको कारण शरीरको थुप्रै भागमा नकारात्मक असर पर्छ । तनावको कारण दिमागमा बढी असर हुन्छ जसले गर्दा शरीरको अन्य भाग पनि प्रभावित हुन्छ । केही व्यक्ति लामो समयसम्म औषधि सेवन गर्छन् जसले गर्दा उनीहरूलाई सुन्न समस्या हुन्छ । बढी औषधि सेवन गर्दा कानको सुन्ने शक्ति कमजोर हुन्छ ।

केही पेन किलर औषधि सेवनबाट पनि बहिरोपन हुन सक्छ । स्वास्थ्य विशेषज्ञका अनुसार किमोथेरापी/क्यान्सररोधी औषधि, केही एन्टिबायोटिक्स, मलेरियारोधी औषधि सेवनबाट पनि कानको नसामा प्रभाव पर्छ । यसको अलावा कपालमाथि पनि नराम्रो प्रभाव पर्छ । शुरूमा हल्काफुल्का नोक्सान हुन्छ तर बिस्तारै ठूलो नोक्सान हुन थाल्छ ।

कानको सुन्ने क्षमता विकसित गर्न योगले पनि सघाउपु¥याउँछ । बेला–बेलामा कानको सरसफाइ गर्नुपर्छ, कम सुन्ने समस्या भएपछि चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here