कोरोनाकालदेखि मोबाइल र कम्प्युटरमा काम गर्ने समयमा पनि वृद्धि भएको छ । हामी दिनभरि मोबाइल र कम्प्युटरतर्फ टाउको निहु¥याएर बस्छौं । अस्टे«लियाको काइरोप्रैक्टर्स एसोसिएशनले नयाँ शोधमा दाबी गरेको छ, हामी यसप्रकार यी उपकरणको बढी प्रयोग गर्छौ भने घाँटी र पिठ्युमा कुब्रो निस्कन सक्छ, र हामी कुप्रो हुन सक्छौं । वैज्ञानिकले यसलाई टेक नेक नाम दिएका छन् ।
यस स्थितिमा हाम्रो मेरुदण्डको हाडलाई झुकावको सामना गर्नुपर्छ । अस्टे«लियाको मेरुदण्ड विशेषज्ञ अनुसार जब हामी घाँटी अगाडितर्फ ६० डिग्रीसम्म झुकाउँछौं भने मेरुदण्डमा २७ किलोग्राम वजन राख्छौं ।
सिडनीकी लेखिका टुरूपी यिप भन्छिन्–कार्यालयमा प्रतिदिन १२ घण्टा काम गर्दा घाँटीमा कुबडजस्तो स्थिति आयो । टाउको पनि दुखिरहन्थ्यो । सातामा ७० घण्टा काम गर्दा ओछ्यानमा थला परे । मेरुदण्ड विशेषज्ञको सल्लाहमा टुरूपीले आठ सातासम्म मेरुदण्ड, घाँटीको अभ्यास गरेकी थिइन् । अफिसमा पोश्चर सुधारिन् र दिनभरि कैयौंपटक शरीर तन्काइन् । त्यसपछि मात्र उनले पूरानो स्वरूप हासिल गर्न सकेको बताइन् ।
अस्टे«लियामा वयस्कमाथि गरिएको शोध अनुसार ४२ प्रतिशत वयस्क घाँटी दुखाइ र घाँटी अकडनबाट ग्रसित थिए । ३६ प्रतिशत मान्छेको टाउको दुख्ने र २५ प्रतिशत मान्छे माइग्रेनबाट परेशान थिए । करीब एकतिहाई अस्टे«लियन वयस्कले भने–हामी हरेक घण्टा ५ देखि ३० पटक फोन प्रयोग गर्छौं । त्यस्तै दशजनामध्ये एकजनाले ४० पटकसम्म फोन प्रयोग गर्ने गरेको बताए ।
विशेषज्ञले उनीहरूलाई हरेक ३० देखि ६० मिनेटमा आफ्नो ठाउँबाट उठ्ने र वरपर घुमफिर गर्न भने । तर युवाहरूले यो सल्लाह मानेनन् । आश्चर्यजनक रूपले ‘वर्क फ्रम होम’ गरिहेका ४१ प्रतिशत मान्छेले हरेक घण्टा बिराम लिएका थिए ।