ग्लोबल वार्मिड्ढो असर अब हाम्रो निद्रामाथि पर्दैछ । डेनमार्कको कोपेनहेगन युनिभर्सिटीमा हालै गरिएको रिसर्च अनुसार बढ्दो तापमानका साथै हाम्रो निद्राको अवधि पनि घट्दै छ । यस्तो राति गर्मी बढेकोले भइरहेको हो । शोधकर्ताहरूका अनुसार औसतन एकजना मान्छेले हरेक वर्ष आफ्नो निद्राको ४४ घण्टा गुमाउँदैछन् ।
यो अनुसन्धान ६८ देशका ४७ हजार मान्छेमाथि गरिएको हो । वैज्ञानिकले रिस्ट बैन्ड्सको मदतबाट मान्छेको ७० लाख रातको निद्रामाथि निगरानी गरेका थिए । वैज्ञानिकको भनाइ छ पृथ्वीको तापमान वृद्धि भइरहेको छ जसले गर्दा हामीले आफ्नो निद्राको बहुमूल्य क्षण गुमाउँदै
छौं ।
अनुसन्धानकर्ताका अनुसार यो स्लिप लस पुरुषको तुलनामा महिलामा एक चौथाई बढी भइरहेको छ । साथै ६५+ उमेरका मान्छेमा दुईगुना र कम आय भएको देशका नागरिकमा तीन गुना छ । यसभन्दा पहिले भएको अध्ययनमा वैज्ञानिकले मानसिक स्वास्थ्य, हृदयघात, आत्महत्या र दुर्घटनामाथि मौसम परिवर्तनको असर जाँच गरेका थिए ।
वैज्ञानिक केल्टन माइनर भन्छन्–गरम रातले ठूलो आबादीको निद्रा खराब गरिरहेको छ । उदाहरणको लागि २५ डिग्री सेल्सियसभन्दा बढी तापमान भएपछि ४६ हजार अतिरिक्त मान्छे स्लिप–लसको शिकार हुन्छन् । हालै भारत र पाकिस्तानमा भएको खतरनाक लूले करोडौं मान्छेको निद्राको अवधि कम गरिदिएको थियो ।
पुरुषको तुलनामा महिलाहरूको शरीर राति सुत्नुभन्दा पहिले चाँडै चीसो हुन्छ । यसैले राति गर्मी बढेपछि महिलाहरू बढी प्रभावित हुन्छन् । यसको अलावा महिलामा औसतन त्वचाको तलपट्टि बढी बोसो हुन्छ जसले गर्दा उनीहरूको कुलिङ प्रोसेस सुस्त हुन्छ ।
वृद्धवृद्धाहरू राति कम सुत्छन् र गरीब देशमा शीतलताको राम्रो सुविधा कम भएको कारण उनीहरू गर्मीबाट बढी प्रभावित हुन्छन् ।