जिम्बाब्वेमा कम उमेरमैं किशोरीहरू गर्भवती हुने र विद्यालय छाड्ने क्रम बढेपछि देशको उच्च अदालतले एउटा ठूलो निर्णय गरेको छ । अदालतले सहमतिमा यौन सम्पर्क गर्ने कानूनी उमेरको सीमा १६ देखि बढाएर १८ वर्ष गरेको छ ।
नागरिकले अदालतको निर्णयको स्वागत गर्दै यस प्रकारको निर्णयले किशोरीहरू को यौन उत्पीडनको घटना एवं विद्यालय छाड्ने परिस्थितिमा रोक लाग्नेछ ।
जिम्बाब्वेको अपराध कानून अनुसार केटी यदि १६ वर्षकी छे भने उसले सहमतिमा यौन सम्पर्क गर्न सक्छे । तर अब अदालतले यो नियमलाई समाप्त गरेको छ । रिपोर्ट अनुसार शीर्ष अदालतको यस निर्णयपछि संसद् एवं न्याय मन्त्रालयलाई संविधानको प्रावधान अनुरूप एक वर्षभित्र सबै बच्चालाई यौन उत्पीडनबाट सुरक्ष्Fा दिन एउटा नयाँ कानून बनाउनुपर्छ ।
मानव अधिकार समूहका अनुसार कोभिड महामारीपछि किशोर युवतीहरू ठूलो सङ्ख्यामा गर्भवती भएका थिए र त्यसपछि उनीहरूले विद्यालय छाडेका थिए ।