जापानमा गरिएको एउटा अनुसन्धान अनुसार बिरालोले आफ्नो नाम मात्र होइन, अन्य बिरालोको नाम पनि याद राख्न सक्छ । साथै बिरालोले घरका सदस्यहरूको पनि नाम याद राख्न सक्छ ।
हामीले सोच्छौं कुकुरले मात्र नाम याद राख्न सक्छ । तर घरमा पालेको बिरालोले लुकेर तपाईंको घरेलु कुराकानी सुनिरहेको हुन्छ । शोधकर्ता साहो ताकागीले अन्य शोधकर्ताहरूसँग मिलेर प्रयोग गरेका थिए ।
उनीहरूले घरमा बस्ने बिरालोको चयन गरे । ती बिरालोहरूलाई अन्य बिरालोको तस्वीर देखाउँदै उनीहरूको नाम बताइएको थियो ।