कुनै खेलकूद कार्यक्रममा जाँदा हामीले कुनै खेलाडीले शरीरलाई तन्काइरहेको देख्छौं । त्यस्तै जिममा जाँदा कोचले हाम्रो शरीरलाई तन्काउन (स्टे«चिङ) गर्न भन्छन् । यदि तपाईंसँग समयको अभाव छ, खेलकूद तथा जिममा जान सक्नुहुँदैन भने स्टे«चिङलाई आफ्नो दिनचर्यामा सामेल गर्नुपर्छ ।
जानकारका अनुसार शरीर तन्काउँदा शरीरको तल्लो भागलाई ध्यान दिनुपर्छ, जस्तै खुट्टाको पछाडिको भाग काफ (पिंडली), हैमस्ट्रिक, पेल्भिसमा हीप फ्लेक्सर र तिघ्राको सामुन्ने क्वाड्रिसेप्स । यी सबै शरीरको भागले तपाईंलाई हिंड्डुल गर्न तथा सक्रिय बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्छन् । यसको अलावा काँध, घाँटी र पिठ्यूँको तल्लो भागलाई तन्काउँदा फाइदा हुन्छ ।
विज्ञका अनुसार सधैं अथवा सातामा कमसेकम तीन/चार पटक स्टे«चिङ गर्न सुझाव दिइन्छ । स्टे«चिङले हिंड्डुल गर्न मात्र सहयोग गर्दैन पिठ्यूँको दुखाइ र दिनभरिको तनावलाई पनि कम गर्छ साथै निद्रालाई पनि सुधार्छ । शरीरलाई तन्काउनु किन आवश्यक छ, पाँच कारण थाहा पाउनुहोस् ।
ऊर्जाको स्तर बढाउँछः यदि तपाईं बिहानको सुरुआत केही स्टे«चिङ कसरतबाट गर्नुहुन्छ भने यसबाट दिनभरि ऊर्जा र उत्पादकता बढ्छ । केही मिनेटको स्टे«चिङ, जसमा कुनै खेल वा सक्रियताको नक्कल गर्न सकिन्छ । यसले मस्तिष्कमा रक्तसञ्चार बढाउँछ, दिउँसोको सुस्तीलाई भगाउँछ ।
गतिमा सुधारः स्टे«चिङबाट मान्छेको गतिलाई एउटा राम्रो दायरा पाउँछ, यसले हाम्रो काँधको ब्लेडलाई तन्काउन र माथिल्लो भागमा पु¥याउन मदत गर्छ । स्टे«चिङ त्यस लचिलोपनलाई बनाइराख्न मदत गर्छ, जुन बढ्दो उमेरसँगै कतै गायब भएको हुन्छ । यसको साथै जोर्नीको अकडन र दुखाइलाई रोक्न वा हराउन पनि मदत गर्छ ।
पूरै शरीरलाई फाइदाः एउटा साधारण स्टे«चिङबाट रक्तसञ्चार, शरीरमा रक्तनलीको स्वास्थ्यमा सुधार गर्छ र मुटुरोगको जोखिमलाई पनि कम गर्न सक्छ । स्टे«चिङ घर, कार्यालय जहाँ पनि गर्न सकिन्छ । बसेर काम गर्दागर्दै घाँटी र अन्य जोर्नी दुखाइको समस्या छ भने बसेकै ठाउँमा शरीर तन्काउँदा निकै मदत पुग्छ र गम्भीर घाँटी, काँधको दुखाइलाई भगाउन सकिन्छ ।
सही सन्तुलनः यदि तपाईं वृक्षासनजस्तो योग मुद्रा सजिलै गर्न चाहनुहुन्छ भने शरीरको सन्तुलनमा सुधार गर्नुपर्छ, जुन तन्काउँदा पाउन सक्छौं । शरीर तन्काउँदा मांसपेशी मात्र होइन, जोर्नीको पनि सन्तुलन सही हुन्छ ।
निद्राः मांसपेशी तन्काउँदा क्यालोरी वर्न गर्न सकिन्छ । निद्रा सजिलै लाग्छ । रेस्टलेस लेग्स सिन्ड्रोमको दुखाइमा पनि राहत दिन्छ अथवा कम गर्छ । यस प्रकारको बिमारीको कारण तपाईंलाई राम्ररी राति निद्रा लाग्दैन ।