ब्रिटेनमा कोरोनाको नयाँ म्युटेन्ट पाइएको छ । यसलाई एक्सई नाम दिइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो बिए.२ सबलाइनेजको तुलनामा बढी सञ्चरित हुन सक्छ ।
डब्लुएचओले भनेको छ, एक्सई रिकाम्बिनेन्ट (बिए.१– बिए.२), ब्रिटेनमा पहिलोपटक १९ जनवरीमा पाइएको थियो । त्यस बेलादेखि यसको ६ सय सिक्वेन्स जानकारीमा आइसकेको छ ।
शुरूआती दिनको अनुमान अनुसार बी.२ को तुलनामा यो १० प्रतिशत सामुदायिक विकास दरको सङ्केत दिन्छ । यद्यपि यस निष्कर्षलाई स्थापित गर्नको लागि पुष्टिको आवश्यकता पर्नेछ । एक्सईलाई ओमिक्रोन भेरिएन्टसँग सम्बन्धित मानिंदैछ, जबसम्म सञ्चरण, रोग विशेषतामा महŒवपूर्ण अन्तर र गम्भीरतासहित अन्य जानकारी सामुन्ने आउँदैन ।
कोभिडको चौथो लहरमा दाँतलाई खतरा
तेस्रो लहरपछि कोरोना महामारी समाप्त भएको छैन बरु बिस्तारैबिस्तारै यो पैmलिंदैछ । युरोप र एशियाका देशहरूमा यसको मामिला बढिरहेको छ । वैज्ञानिकले आशङ्का गरेका छन् कि अन्य ठूला मुलुकमा पनि कोरोनाको चौथो लहर आउन सक्छ ।
कोरोना भाइरस मुख्यरूपले सासको बिमारी हो जसले फोक्सोलाई क्षति पु¥याउँछ । यसमा तीव्र ज्वरो, खोकी, घाँटी खसखसाउने गर्छ तर अब यो भाइरस शरीरको अन्य भागमा पनि प्रभाव पार्दैछ । विज्ञका अनुसार कोभिड–१९ दाँत र गिजालाई नोक्सान पु¥याउँदैछ जसको लक्षणलाई कोभिड टीथ नाम दिइएको छ । कोरोनाको चौथो लहरभन्दा पहिले यसको लक्षण बुझ्नुपर्छ ।
एउटा रिसर्च अनुसार कोरोना भाइरसको लक्षण र दाँतको स्वास्थ्यबीच गहिरो सम्बन्ध छ । वैज्ञानिकको दाबी छ कि कोभिड–१९ ले दाँतको स्वास्थ्यमाथि असर पार्न सक्छ । कोरोनाबाट पीडित ७५ प्रतिशत रोगीमा दाँतको समस्या देखिएको छ ।
कोरोना भाइरसको लक्षणमाथि भएको ५४ वटा अध्ययनको रिपोर्टमा यस गम्भीर रोगको मुख्य १२ लक्षणमध्ये मुखसँग सम्बन्धित सङ्केत थिएन । यसमा ज्वरो (८१. प्रतिशत), खोकी (५८.५ प्रतिशत) र थकान (३८.५ प्रतिशत) सबैभन्दा साधारण चिह्न थियो ।
कोरोना भाइरसको केही लक्षण मुखमा त्यति बेला देखिन्छ जब यस भाइरसको असर दाँतको स्वास्थ्यमाथि पर्छ । यस्तो सङ्केतलाई बेवास्ता गर्नुहुँदैन र तुरून्त चिकित्सकलाई देखाउनुपर्छ ।
१) गिजा दुख्ने, २) बङ्गारा वा दाँत दुख्ने, ३) गिजामा रगतको थक्का जम्ने, ४) ज्वरो, ५) खोकी, ६) थकान यसको लक्षण हो ।
कोभिड टिथको उपचारः दाँत वा गिजा दुख्दा दिनचर्या नै प्रभावित हुन्छ । तसर्थ समयमैं यसको उपचार गराउनुपर्छ । दुखाइ कम गर्न एसिटामिनोफेनको सट्टा चार सय मिलिग्राम इबुप्रोफेन लिंदा असरदार हुन सक्छ । यद्यपि कुनै पनि औषधि चित्सिकको सल्लाह अनुसार नै सेवन गर्नुपर्छ ।