युवामा सामाजिक मिडियाको निकै क्रेज हुन्छ । यद्यपि यसको बढी प्रयोगले युवाको स्वास्थ्यमाथि पनि प्रभाव पार्छ । सामाजिक मिडियाले युवामाथि पार्ने असरलाई लिएर अनुसन्धान गरिएको थियो ।
सामाजिक सञ्जालले भिन्दाभिन्दै उमेरका केटा र केटीलाई प्रभावित गर्छ । द गार्जियनको रिपोर्ट अनुसार शोधमा मनोवैज्ञानिकहरूले यो कुरा पत्ता लगाउन ११ देखि १३ वर्ष उमेरका केटीहरूमाथि अध्ययन गरेका थिए । यी उमेर वर्गका किशोरीहरू बढी समय सामाजिक सञ्जालमा बिताउँथे । एक वर्षपछि उनीहरू आफ्नो जिन्दगीदेखि कम सन्तुष्ट देखिए । त्यस्तै केटाहरूमा सामाजिक सञ्जालको प्रभाव १४ देखि १५ वर्षको बीच थियो । शोधकर्ताले सामाजिक मिडियाको प्रभाव अन्य उमेरमा कुनै सम्बन्ध पाएनन् । यद्यपि १९ वर्षको उमेरमा केटा र केटीहरूको सन्तुष्टिमा गिरावट आएको थियो ।
हरेक कक्ष्Fामा पाँचजना बच्चा प्रभावितः मनोवैज्ञानिक र क्याम्ब्रिज विश्वविद्यालयका शोधका लेखक डा एमी ओरबेनलले भनिन्–केटा र केटीको केही निश्चित उमेर हुन्छ, जब सोसल मिडियाले उनीहरूको जीवनलाई प्रभावित गर्छ । सोसल मिडियाले युवामा मानसिक स्वास्थ्य समस्याको स्तर बढाउनेबारे शोधकर्ताहरूले अध्ययन गरेका थिए । चैरिटी यङ्ग माइन्ड्स अनुसार मानसिक स्वास्थ्य समस्या भएका ५ देखि १६ वर्ष आयु भएका बच्चाको सङ्ख्यामा सन् २०१७ देखि २०२१ को बीच ५० प्रतिशतको वृद्धि भएको थियो । यस अनुसार यस समस्याबाट हरेक कक्ष्Fामा लगभग पाँचजना बालबालिका प्रभावित हुन्छन् ।