कैयौंपटक हामीले महसूस गरेका छौं अचानक उठ्ने बित्तिकै रिङ्गटा (चक्कर) लाग्छ र केही क्षण आँखा वरिपरि अन्धकार छाउँछ । धेरै बेरसम्म तल बसेर अचानक उठ्दा रिङ्गटा लाग्ने गर्छ ।
गर्मीको मौसममा कडा घाममा घुम्दा पनि कसैकसैलाई रिङ्गटा लाग्छ अथवा निद्राबाट जाग्दा केही बेर टाउको निकै दुख्छ । यस्तो समस्या छ भने यो साधारण समस्या होइन, कुनै रोगको सङ्केत पनि हुन सक्छ । सबैभन्दा बढी मान्छे टाउको घुम्ने समस्याबाट ग्रसित रहन्छन्, जसलाई वर्टिगो भनिन्छ । यस्तो समस्या छ भने घरेलु उपचार पनि गर्न सकिन्छ ।
३०–४० वर्ष उमेरका मान्छेहरू यस रोगको शिकार हुँदैछन् तसर्थ लक्षण पहिले चिन्नुपर्छ । लक्षण आउनुको कारणः केही औषधिको सेवनको कारण रिङ्गटा लाग्न सक्छ, एंग्जायटी डिसअर्डर, रगतमा चिनीको स्तर कम हुनु, ओभर हिटिङ डिहाइडे«शन, माइग्रेन, मोशन सिकनेस चक्कर, अव्यवस्थित खानपान हुन् ।
यस्तो समस्या छ भने आहारमा अदुवाको प्रयोग गर्नुपर्छ । अदुवा मिसाइएको चिया सेवन
गर्नुपर्छ । केही मान्छेलाई यात्रा गर्दा बान्ता वा रिङ्गटा लाग्छ यसलाई मोशन सिकनेस भनिन्छ । बिहान वा साँझ अदुवा मिसाइएको चिया सेवन गरेर यसको उपचार गर्न सकिन्छ । तर याद राख्नुस् बढी चिया सेवन पनि हानिकारक हुन्छ यसैले सीमित मात्रामा चिया सेवन गर्नुपर्छ ।
तुलसीको पात औषधीय गुणले भरिपूर्ण हुन्छ । एन्टिइन्फ्लेमटरी, एन्टिअक्सिडेन्ट आदि तŒवले भरपूर तुलसीको केही पात चक्कर लाग्दा चपाउनुपर्छ । यसले सन्चो गर्छ अथवा तुलसीको पात पिसेर पानीमा मिसाएर सेवन गर्नुपर्छ ।
गर्मीमा धेरै समय बाहिर घुम्दा डिहाइडे«शन हुन्छ । यसैले घाममा बाहिर नघुम्ने, दिनमा एकपटक चिया वा दुईपटक जुसको सेवन गर्ने र तरल पदार्थ बढी मात्रामा सेवन गर्नुपर्छ ।
केही जानकारीः
सिरानीविना सुत्दा कमर दुखाइमा आराम पुग्छ र मेरुदण्डको हाड पनि बलियो हुन्छ ।
सुक्खा खोकी वा घाँटी खसखसाउने समस्या छ भने दिनमा एकपटक पुदिनाको पात/ज्वानोमा मिसाएर त्यसको भाप सुघ्नुपर्छ ।
– ल्वाड्ढो धूलोलाई मिट्ठा वा महमा मिसाएर दिनमा दुई वा तीनपटक सेवन गर्नुपर्छ ।