धेरैजसोलाई खाना खाएपछि निद्रा लाग्छ । यद्यपि यसलाई उनीहरूले साधारण कुरा सम्झिन्छन् । तर यस्तो होइन, यस स्थितिलाई फूड कोमा भनिन्छ । मेडिकल भाषामा यस समस्यालाई प्रोस्ट प्रान्डियल सोमनोलेन्स भनिन्छ । यस बिमारीमा बढी खाना खाएपछि निद्रा र थकान महसूस हुन्छ । शरीरमा आलस्यता छाउँछ र कुनै काममा मन लाग्दैन ।
चिकित्सकको भनाइ छ, खाना खाएपछि रक्तसञ्चारमा बदलाव भएको कारण यस्तो समस्या
हुन्छ । यद्यपि यसमा चिन्ताको कुनै कुरा हुँदैन तर यदि तपाईं यस्तो काम गर्नुभइरहेको छ, जसमा ध्यानको निकै आवश्यकता हुन्छ, त्यति बेला यो एउटा ठूलो समस्या बन्न सक्छ ।
वरिष्ठ फिजिसियन डा कवलजीत सिंहका अनुसार कोमालाई लिएर कुनै विशेष कारण प्रकाशमा आएको छैन । यद्यपि केही अनुसन्धानबाट पत्ता लागेको छ कि खाना खाएपछि पेटमा रक्तसञ्चार बढ्छ र दिमागमा कम रगत पुग्छ, जसले गर्दा यस्तो हुन्छ तर यस थ्योरीलाई पनि स्पष्टरूपमा प्रमाणित गरिएको छैन । जुन जानकारी प्रकाशमा आएको छ, त्यसबाट यही पत्ता लाग्छ कि समस्या बढीजसो त्यस्ता व्यक्तिहरूलाई हुन्छ, जसले बढी खाने गर्छ । साथै यो कुरा यसमाथि निर्भर हुन्छ कि उनीहरूले खानामा के खाएका थिए । यदि खानामा चिल्लोको मात्रा बढी हुन्छ भने फूड कोमाको आशङ्का बढी रहन्छ । किनभने चिल्लोबाट कोलेसिस्टोकिनिन हार्मोनको मात्रा शरीरमा बढ्छ, जसले गर्दा निद्रा लाग्छ ।
चिकित्सकका अनुसार यदि खानामा प्रोटीन बढी छ भने यो समस्या हुन सक्छ । उच्च प्रोटीन भएको भोजनमा ट्रिप्टोपैmन अमिनो एसिड हुन्छ । ट्रिप्टोपैmन जति बढी हुन्छ, शरीरमा सेरोटोनिनको स्तर पनि बढ्छ । जसले गर्दा निद्रा लाग्छ । यदि कसैलाई सामान्य भोजन गर्दा पनि निद्रा लाग्छ भने यो मधुमेहको सङ्केत पनि हुन सक्छ र समयसमयमा रगतको जाँच गराउनुपर्छ ।
फूड कोमाबाट जोगिन सदैव सन्तुलित आहार सेवन गर्ने र बढी खाना नखाने । अस्वस्थकर खानेकुरा सेवन नगर्ने, प्रतिदिन कमसेकम आठ घण्टा सुत्ने । खाना खाएपछि निद्रा लाग्छ भने केही समय आराम गर्नुपर्छ ।