बलिउडका चर्चित गायक बप्पी लहिरीको मङ्गलवार मुम्बईमा निधन भएको छ । बप्पीको असली नाम अलोकेश लहिरी हो । उनले तीन वर्षको आयुमा नै तबला बजाउन शुरू गरेका थिए । बप्पीले ८० को दशकमा बलिउडमा स्मरणीय गीत गाएका थिए ।

बप्पीले बङ्गाली चलचित्र दादू (१९७२) बाट आफ्नो करियर सुरुआत गरेका थिए । उनले हिन्दी चलचित्रमा पहिलो ब्रेक फिल्म ‘नन्हा शिकारी’ (१९७३) मा सङ्गीत दिएका थिए । ताहिर हुसेनको हिन्दी चलचित्र जख्मी (सन् १९७५)ले उनलाई बलिउडमा स्थापित गरेको थियो । उनलाई माइकल ज्याक्सनले आफ्नो शोमा बोलाएका थिए ।

सुन लगाउनुको कारणः बप्पी लहिरी हरेक सयम सुनको चेनले लादिएका देखिन्थ्ये, उनको पहिलो चेन उनकी आमाले र दोस्रो चेन उनकी पत्नीले उपहार दिएकी थिइन् । सन् १९८६ मा उनले ३३ वटा चलचित्रमा गीत गाए । उनको यो रेकर्ड गिनिज बूक अफ वल्र्ड रेकर्डमा पनि दर्ता भएको छ ।

सन् ७० को दशकमा डिस्को र रक सङ्गीतबाट श्रोताहरूलाई नचाउने बप्पीले एक अन्तर्वार्तामा भनेका थिए कि उनी अमेरिकी पप स्टार एल्विस प्रेस्लीबाट निकै प्रभावित थिए । एकपटक स्टेजमा उनले सुनको चेन लगाएर कार्यक्रम गरेका थिए । त्यसपछि उनले आफ्नो अलग्गै पहिचान बनाउन सुन लगाउन थाले । सन् २०१४ मा एक पत्रिकाका अनुसार बप्पीसँग त्यति बेला भारु ३५ लाख बराबरको सुनको चेन थियो । चाँदी उनले भारु अढाई लाखका लगाउने
गर्छन्।

जति सुन उनले लगाउँथे त्योभन्दा बढी उनकी पत्नीसँग सुन छ । उनको पत्नी चित्रानीसँग ९८७ ग्राम सुन र ९ किलो चाँदी छ । यसको अलावा उनीसँग चार लाख बराबरको हीरा पनि छ ।
बप्पीलाई थियो अनौठो रोगः बप्पीलाई गत वर्ष ओब्सट्रक्टिभ स्लीप एपनिया (ओएसए) र छातीमा सङ्क्रमणको समस्या थियो । यसै कारण उनको मृत्यु भयो । ओएसए निद्रासँग सम्बन्धित ब्रिदिङ डिसअर्डर हो । यस बिमारीमा राति सुत्ने समय प्रायः सास फेर्ने प्रक्रियामा केही पलको लागि रोकिन्छ र त्यसपछि पुनः शुरू हुन्छ ।

यसबारे रोगीलाई थाहा हुँदैन । निद्रामा सास रोकिने समस्या केही सेकेन्डदेखि १ मिनेटसम्म हुन सक्छ । ओएसए तब हुन्छ, जब घाँटीमा कोमल ऊतकको सहारा दिने मांसपेशी जस्तै जिब्रो र सोफ्ट पैलेट, आराम गर्न थाल्छ । यसबाट वायुमार्ग छोटो हुन्छ वा बन्द हुन्छ र क्षणभरको लागि सास बन्द हुन्छ । ओएसए बुजुर्ग व्यक्तिमा सबैभन्दा बढी देखिन्छ तर कहिलेकाहीं बच्चालाई पनि प्रभावित गर्न सक्छ । सास रोकिएपछि रगतमा अक्सिजनको स्तर कम हुन्छ र रोगीको मृत्यु हुन्छ ।

ओएसएका लक्षणः दिनमा धेरै निद्रा लाग्ने, जोडले घुर्ने, सुत्दा सास रोकिएको महसूस हुने, घुटन भएपछि अचानक जाग्ने, मुख सुक्ने, घाँटी खसखसाउने, बिहान टाउको दुख्ने, ध्यान लगाउन कठिनाइ, व्यवहार परिवर्तन र डिप्रेशन, उच्च रक्तचाप, यौन इच्छामा कमी, बिर्सिने बानी, सुस्ती, राति पटक–पटक निद्राबाट ब्यूँझनु ।

यदि ओएसको उपचार गरिएन भने स्वास्थ्यसँग सम्बन्धित गम्भीर समस्या उत्पन्न हुन्छन् । जस्तै उच्च रक्तचाप, मुटुको रोग, स्ट्रोक, मधुमेह, मुटुको ढुकढुकी असामान्य हुनु, पल्मनरी हाइपरटेन्शन ।

यो रोगको उपचार सम्भव छ । यसमा एउटा यस्तो डिभाइस प्रयोग गरिन्छ, जसले राति सुत्ने समयमा वायुमार्गलाई खुला राख्छ । यसको अर्को उपचार पनि छ, जसमा माउथपिसको माध्यमबाट तल्लो बङ्गारामा दबाब बनाइन्छ । केही मामिलामा शल्यक्रिया पनि गराउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here