संसार रहस्यले भरिएको छ । एकपछि अर्को रहस्य दिनदिनै उजागर हुने गर्छ । यसै क्रममा हनुमानले उचालेको पहाड श्रीलङ्कामा रहेको स्थानीयवासीले दाबी गरेका छन् । यसलाई एडम्स पिक अथवा श्रीपदा भनिन्छ । यो पहाडको सम्बन्ध रामायणकालसँग रहेको बताइन्छ ।
हिन्दू धर्म अनुसार यस पहाडमा बनेको मन्दिरमा भगवान् शिवको पाइतालाको चिह्न छ । यो पहाड रतनपुर जिल्लामा अवस्थित छ । यो समनाला माउन्टेनको एक भाग हो । घना जङ्गलमा रहेको यो पहाडलाई स्थानीयवासीले रहुमाशाल कांडा नामबाट बोलाउँछन् । यो पहाड २२०० मिटर अग्लो छ ।
यस पहाडमा बहुमूल्य ढुङ्गाको भण्डार छ । भनिन्छ रामायण युद्धको क्रममा लक्ष्मण मेघनादको वाणबाट घाइते भएपछि उनलाई बचाउन हनुमान सञ्जीवनी बुटी लिन गएका थिए । हिमालयको कन्दरामा सञ्जीवनी बुटी खोज्ने क्रममा हनुमान अलमल भएपछि उनले पहाड नै उचालेर ल्याएका थिए । यहाँ एशियाको सबैभन्दा राम्रो सूर्योदय देख्न सकिन्छ । यहाँ वर्षैभरि पर्यटकको आवागमन हुने गर्छ ।